काठमाडौं– स्टार्टअप वर्ल्डकपको नेपाल च्याम्पियनमा टाटु डिजिटलाइज गर्ने स्टार्टअप इक्सभिला छनोट भएको छ।
स्टार्टअप वर्ल्डकप नेपाल रिजनल कम्पिटिसनको फानलमा रहेका १५ कम्पनीलाई पछि पार्दै टाटुको डिजिटलाइजेसन गर्ने स्टार्टअप इक्सभिला नेपालको च्याम्पियन बनेको हो।
स्टार्टअप वर्ल्डकपको रिजनल पार्टनर स्टार्टअप हब नेपालले बुधबार नेपालको फाइनल ब्याटल आयोजना गरेको हो। स्टार्टअप वर्ल्डकपको उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका सम्पूर्ण संयन्त्र नै नयाँ सोच र धारणाका साथ आएमा नेपालले स्टार्टअप मुभमेन्टमा फड्को मार्ने बताए।
विश्वका सत्तरीभन्दा बढी देशहरुमा हुने स्टार्टअपको विश्वकप नेपालमा गत वर्षदेखि मात्रै हुन थालेको हो। वर्ल्ड ट्रेड ग्रुप नेपालको भगिनी संस्था स्टार्टअप हब नेपालले जनाए अनुसार अब गत वर्षको विजेता ट्याक्सिमाण्डु र यस वर्षको विजेता इक्सभिला सेप्टेम्बरमा सिलिकन भ्यालिमा हुने विश्व प्रतिपर्धामा सहभागी हुनेछन्।
दुवै च्याम्पियन स्टार्टअपलाई आयोजकले नै अमेरिकामा प्रतिस्पर्धामा लैजाने स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले बताए।
देशभरबाट स्टार्टअप विश्वकपका लागि प्रतिपर्धामा सहभागी हजारौं स्टार्टपहरुबाट उत्कृष्ट १५ स्टार्टअप आयोजकले छानेका थिए। बुधबार छानिएका १५ स्टार्टअपहरुविच प्रतिस्पर्धा भएको हो। छानिएका उत्कृष्ट स्टार्टअपहरुमा गेम सम्बन्धी एपः डार्क म्याटर्स, शिक्षा प्रविधि सम्बन्धि स्टार्टअपः वेद, इन्टर्याक्टिभ लर्निङ चिम्पभाइन, मेन्टल हेल्थ स्टार्टअप ह्यापी माइन्डस, लगायतका रहेका थिए।
बुधबारको नेपालको फिनालेमा उत्कृष्ट ५ स्टार्टअपहरु पनि छानिएका छन्। उत्कृष्ट ५ स्टार्टअपहरुमा च्याम्पियन इन्सभिल्लासँगै दोश्रोमा वेद, तेश्रोमा स्किल सेवा, चौंथोमा ह्यापी माइन्डस र पाँचौमा डिजिटल एज नेपाल परेका छन्।
उत्कृष्ट भएका ती ५ स्टार्टअपहरुलाई एमेजनको एडल्युएसले १ हजार डलर बराबरको क्लाउड पुरस्कार दिने घोषणा गरेको छ। त्यसैगरी उत्कृष्ट ३ स्टार्टअपलाई स्टार्टअपहब नेपालले प्रतिकम्पनी १० लाख रुपैयाँको लगानी पुरस्कार दिने घोषणा गरेको छ।
विश्वका विकसित र धनी देशहरुमा मात्र हुने गरेको स्टार्टअप नेपालमा भित्रिएसँगै नेपालको कुनै कुनामा रहेको नयाँ सोचले समेत विश्वको इन्नोभेसन हेडर्क्वाटर भनेर चिनिले सिलिकन भ्यालिमा गएर प्रतिस्पर्धा गर्ने बाटो देख्ने अवस्था सिर्जना भएको स्टार्टअप हब नेपालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।