काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पदाधिकारीको टुंगो नलगाएरै सकिएको छ।
पदाधिकारी चयनमा सकस देखिएपछि केन्द्रीय कमिटी बैठकले पनि टुंगो लगाउन सकेन्।
बिहीबारको बैठकको समापनका क्रममा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले आफूलाई केहीदिन समय दिन भन्दै केन्द्रीय सदस्यलाई आग्रह गरेका थिए।
‘आवश्यक तयारी नपुगेकाले आज मैले पदाधिकारीको घोषणा गर्न नसक्ने भएँ, मलाई केही दिन समय दिनुस्,’ अध्यक्ष दाहालको भनाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने।
अध्यक्ष दाहालले केही दिनभित्रमा नै पदाधिकारी टुंगो लगाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।