काठमाडौं– प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत रहकै बेला बढुवा भएर डीआईजी भएका राईको प्रहरी महानिरीक्षक (आईजी)को सचिवालयमा पदस्थापन भएको थियो।
उनै राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको नेपाल प्रहरीले जनाएको छ। यसअघि प्रवक्ताको जिम्मेवारी निभाएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा सरुवा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।