• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बच्चा भुलाउन मोबाइल : मोटोपना, कुलत र मानसिक समस्याको जोखिम

डा. अच्युतशाली घिमिरे शुक्रबार, असार २४, २०७९  ०७:०५
1140x725

पछिल्लो समय प्रविधिले फड्को मार्दै गएको छ। मोबाइलजस्ता सामग्रीको प्रयोग अहिले सामान्य भएको छ। मोबाइल जोकसैको हातमा पनि  देख्न सकिन्छ। त्यसैले सजिलै बच्चाको पहुँचमा पुग्ने गरेको छ।

अधिकांश अभिभावकले बच्चा भुलाउन वा फकाउन मोबाइल दिने गरेका छन्। बच्चालाई मोबाइल दिने अभिभावक हरेक दिनजसो बढिरहेका छन्। यसरी मोबाइल दिँदा बच्चा बिस्तारै 'एडिक्सन' तर्फ गएका छन्। जसको परिणाम निकै नै हानिकारक हुन्छ।

बच्चालाई मोबाइल दिनुको अर्को कारण आमा-बुवा आफू पनि मोबाइलमा नै व्यस्त हुनु हो। आफू व्यस्त भएपछि बच्चालाई कतै नजाओस् र झगडा नगरोस् भनेर उनीहरुलाई पनि मोबाइल दिइने गरिएको हो। यसो गर्दा अभिभावक र बालबच्चाबीच गफगाफ गफगाफ र भलाकुसारीको ग्राफ ओह्रालो लाग्दै छ।

achyut1657194453.JPG
डा. अच्युतशाली घिमिरे

अब त बालबच्चालाई भात खुवाउन पनि मोबाइल चाहिने भएको छ। रुँदा फकाउन मोबाइल चाहिन्छ। स्कुल पठाउन मोबाइल चाहिन्छ। आफूले भनेको काम अह्राउन वा सजिलै मनाउन मोबाइल चाहिने भएको छ। यो एडिक्सनको विकराल रुप हो।

मोबाइलको अत्यधिक प्रयोगले विभिन्न नकारात्मक असरहरु बालबच्चामा देखिएका छन्। ती असरलाई हामी तलका बुँदामा व्याख्या गर्न सक्छौँ।

१. बाल क्रियाशीलता लोप हुँदै
मोबाइलको प्रयोगले बाहिर चौरमा गएर खेल्ने, आफन्त वा चिनेजानेकासँग घुलमिल भएर बोल्ने, साथीभाइ बनाउने आदि सबै गतिविधिहरु कम भएका छन्। बालबालिकामा रहने अत्यधिक रचनात्मकता सबै मोबाइलको गेम, फेसबुकका गतिविधि र युट्युबको भिडियोले खाइदिएको छ। बाहिरी पर्यावरणमा गएर पसिना निकालेर कुनै खेल खेल्नु र मोबाइलमा गेम खेल्नु आकास पातल फरक कुरा हो। वातावरणसँगको घुलमिलले छुट्टै हर्मोनहरुको विकास गर्छ र बालबालिकालाई सिर्जनशील हुन मद्दत गर्दछ।

२. निद्रा अपुग हुँदा स्वास्थ्य समस्या
स्कुलबाट आएपछि वा बिदाको दिन पनि राति अबेरसम्म फेसबुक चलाउने, घण्टौं म्यासेन्जरमा च्याट गर्ने, गेम खेल्नेजस्ता क्रियाकलापहरुले निद्रामा समस्या ल्याउँछ। चाँडै सुत्ने र चाँडै उठ्ने शरीरको नियमित चक्र नै बिथोलिन्छ। निद्रामा समस्या आएपछि टाउको दुख्ने, आँखाको मुनिको भाग कालो हुने, स्कुलमा दिउँसो पढाएको कुरामा ध्यान दिन नसक्ने जस्ता समस्याहरु झन् उब्जिएर आउँछन्।

३. मानसिक समस्या आउने
मोबाइलको प्रयोगले बालबच्चालाई एकोहोरो बनाउँछ। आफ्नो दाँयाबाँया हुने घट्ना वा अन्य क्रियाकलापमा खासै ध्यान पुग्दैन। कोठाको एउटा कुनामा बसेर एउटा कृत्रिम सोचमा मात्र डुब्दा बालबच्चालाई विकराल मानसिक समस्या देखिन सक्छ। नयाँ कुरा सोच्ने र गर्ने नहुँदा लामो समयमा डिप्रेशनकै शिकार समेत हुन सक्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

४. मोटोपना बढ्न सक्ने
बालबच्चाको उमेर भनेको शारीरिक रुपमा अत्यधिक विकास हुने उमेर हो। तर, यही उमेरमा नै एकै ठाउँमा बसेर मोबाइल हेर्न थालेपछि मोटोपना बढ्नु कुनै अपवादको विषय होइन। खाना खाने नियमित चक्रलाई मोबाइलको प्रोयगले डिस्टर्ब गर्ने हुनाले कुनै बेला अत्यधिक खाइदिने त कुनै बेला भोकै बस्ने परिपाटीले पनि मोटोपनामा बढवा ल्याउँछ।

५. छिटो कुलतमा फस्न सक्ने
बालबालिकाको दिमाग भनेको काँचो माटो जस्तै हुन्छ भनिन्छ। जस्तो, आकार दिन सकियो उस्तै बन्न सक्छ। तर, मोबाइलको लतले कुलतको बाटो डोर्‍याउन सक्छ। आफूभन्दा अग्रजको आनीबानीलाई सिको गर्दै प्रत्यक्ष राम्रा कुराहरु व्यवहारमा उतार्ने उमेर हो। तर, मोबाइलमा आउने अव्यवहारिक एवं हानी पुर्‍याने अनेकौं श्रृंखलाको ट्र्यापमा परेछि बालबच्चालाई उम्काउन गाह्रो हुन्छ। त्यसैले कुलतमा फस्ने सम्भावना बढी हुन्छ।

६. पढाइमा समस्या हुने
स्कुलबाट घर पुग्ने बित्तिकै नियमित क्रियाभन्दा पनि मोबाइल समात्न हतार हुने बालबच्चाको पढाइ बिग्रन्छ। होमवर्क गर्ने, स्कूलका कुरा रिभिजन गर्ने, नयाँ कुरा पढ्ने बानी मोबाइलसँगको लतले खाइदिएको छ। जसले गर्दा परीक्षामा पनि राम्रो नतिजा ल्याउनबाट बालबच्चाहरु विमुख हुन्छन्।

७. आँखामा समस्या हुने
मोबाइललाई चहकिलो बनाएर एकोहोरो हेर्दा आँखा थाक्ने समस्या रहन्छ। मोबाइलको प्रकाशलाई फिल्टर गर्न छुट्टै चस्माको प्रयोग गर्नुपर्ने हुन्छ। चलाउनै पर्ने बाध्यता भए पनि आँखाका ढकनीले आँखालाई विश्राम दिँदै मोबाइल चलाउनुपर्ने हुन्छ। तर, बालबच्चाहरुले यस्ता सावधानी अपनाएको देखिँदैन।

८. छिटो रिसाउने बानी
मोबाइलको लतमा लागि सकेपछि हत्तपत्त यो छोड्ने मन कसैलाई हुँदैन। अनि सानो तिनो काम कसैले अह्राउँदा वा गर्न पर्दा पनि रिसाउने र ठाडो ठाडो बोल्ने समस्या बालबच्चामा देखिन्छ। रिसलाई काबुमा राख्न सक्ने र सहनशील हुने क्षमतामा पनि मोबाइलको लतले ह्रास ल्याउँछ।

९. अरु सम्पूर्ण विकासमा अवरोध पुर्‍याउने
मानसिक र शारीरिक मात्र नभइ बालबच्चाको सामाजिक,सांस्कृतिक विकासमा समेत मोबाइलको लतले हानि पुर्‍याउछ। १८ वर्ष मुनिकाले हेर्न नहुने हिंसात्मक गतिविधि, यौनका अनैतिक क्रियाकलाप जस्तामा बालबालिकाको सहजै पहुँच हुँदा विकृति फैलन्छ र व्यवस्थित सामाजिक संरचनामा नै खलल पुर्‍याउँछ। 

के मोबाइलमा राम्रा कुराहरु हुँदैनन्?
इन्टरनेटको यो दुनियाँमा राम्रा नराम्रा दुवै पक्षहरु मोबाइलमार्फत पाउन सकिन्छ। तर, बालबच्चाहरुले कुन राम्रो र कुन नराम्रो छुट्याउन खासै सक्दैनन्, जहाँ अभिभावकले भूमिका खेल्नु पर्ने हुन्छ। ज्ञानगुनका कुराहरु सिक्न पनि प्रविधि नभइ हुँदैन। यस्को सकारात्मक फाइदा लिन, मोबाइलमाथिको जथावाभी प्रयोग रोक्न पनि यसको उचित सदुपयोग चाहिन्छ।

बालबच्चामा मोबाइलको लत कसरी हटाउने?
आजको भोलि नै मोबाइलको लत हटाउने प्रयास गर्दा दुष्परिणामहरु निस्कन सक्छन्। बालबच्चा मात्र नभएर ठूलाबडासमेत यसको लतमा लागिसकेको हुँदा यो अवस्थामा बालबच्चालाई उम्काउन संवेदनशील भएर तल दिइएका क्रियाकलापहरु गर्न सकिन्छ।

१. बालबच्चालाई एकपटकमा मात्र १ देखि २ घण्टासम्म मोबाइल हेर्न दिने। यो समय सीमापछि अन्य कार्यमा सारिक हुनुपर्ने पूर्वसूचना दिने।

२. खाना खाने समय, ठूलाबडासँगको गफगाफको समय, अनि घरमा पाहुना आउँदाको समयमा बालबच्चालाई मोबाइलबाट परै राख्ने, ता कि घुलमिल हुन सकून्।

३. राती सुत्ने बेला हुनु १ घण्टा अगावै मोबाइलबाट बालबच्चालाई टाढै राख्ने र कथाहरु सुनाएर प्रेरणा दिने।

४. मोबाइलको प्रयोगले हुने हानीबारे अभिभावकहरु आफू पनि जानकार हुने र बालबच्चालाई घुमाउरो हिसाबमा कथाहरुमार्फत बुझाउने कोसिस गर्ने।

५. अभिभावकले बालबच्चालाई मोबाइलको सट्टा अन्य खेलाउनाहरु, चित्र कोर्ने सामग्री, गीत गाउने सामग्री, नाँच्दा लगाउने लुगाहरु किनिदिएर लतबाट विस्तारै टाढा लैजान सक्छन्।

६. बालबच्चालाई फूर्सदको समयमा चौरमा गएर खेल्न प्रेरित गर्ने र बिदा हुँदा अभिभावक आफैंले पनि घुमफिर गर्न रमाइला स्थानहरुमा लैजानुपर्छ।

७. अभिभावकले आफ्नो लामो समय बालबच्चासँग व्यतित गर्नुपर्ने हुन्छ। उनीहरुको उत्तरको सहज जवाफ, स्कुलमा भए गरेका गतिविधिको छलफल, होमवर्क गर्दा पनि आफैं सहभागी हुने जस्ता क्रियाकलापले मोबाइलको लत छुटाउन मद्दत पुर्‍याउँछ।

सबैजना बा-आमालाई आफ्ना बालबच्चाको मायाभन्दा ज्यादा अर्को केही लाग्दैन। तर, दिनानुदिन आफ्नो बालबालिकामा बढ्दै गइरहेको मोबाइलप्रतिको आशक्तिमा उनीहरु बेखबर जस्तै हुन्छन्।

आफ्नो काम निम्ट्याउन बालबच्चालाई मोबाइल दिएर भुलाउन त सजिलो छ, तर कालन्तरमा यसले पार्ने नकारात्मक असर हाम्रो सोचभन्दा धेरै पर पुग्नेछ। घरमा हुँदा अभिभावक र स्कुलमा हुँदा शिक्षक यी दुवै पात्रद्वारा अब बालबच्चालाई यो मोबाइलको लतबाट मुक्त पार्न लाग्नै पर्छ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
नाडामा टाटाको सिएरा ईभी सार्वजनिक, नेक्सन ईभीको नयाँ भेरियन्टमा १ लाख ५० हजार छुट मंगलबार, भदौ ९, २०८३
विपक्षी दलका सांसदको अनुपस्थितिमा प्रदेशसभाबाट विश्वासको मत लिए थापाले, तीन दलको बहिस्कार मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्