• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बच्चा भुलाउन मोबाइल : मोटोपना, कुलत र मानसिक समस्याको जोखिम

डा. अच्युतशाली घिमिरे शुक्रबार, असार २४, २०७९  ०७:०५
1140x725

पछिल्लो समय प्रविधिले फड्को मार्दै गएको छ। मोबाइलजस्ता सामग्रीको प्रयोग अहिले सामान्य भएको छ। मोबाइल जोकसैको हातमा पनि  देख्न सकिन्छ। त्यसैले सजिलै बच्चाको पहुँचमा पुग्ने गरेको छ।

अधिकांश अभिभावकले बच्चा भुलाउन वा फकाउन मोबाइल दिने गरेका छन्। बच्चालाई मोबाइल दिने अभिभावक हरेक दिनजसो बढिरहेका छन्। यसरी मोबाइल दिँदा बच्चा बिस्तारै 'एडिक्सन' तर्फ गएका छन्। जसको परिणाम निकै नै हानिकारक हुन्छ।

बच्चालाई मोबाइल दिनुको अर्को कारण आमा-बुवा आफू पनि मोबाइलमा नै व्यस्त हुनु हो। आफू व्यस्त भएपछि बच्चालाई कतै नजाओस् र झगडा नगरोस् भनेर उनीहरुलाई पनि मोबाइल दिइने गरिएको हो। यसो गर्दा अभिभावक र बालबच्चाबीच गफगाफ गफगाफ र भलाकुसारीको ग्राफ ओह्रालो लाग्दै छ।

achyut1657194453.JPG
डा. अच्युतशाली घिमिरे

अब त बालबच्चालाई भात खुवाउन पनि मोबाइल चाहिने भएको छ। रुँदा फकाउन मोबाइल चाहिन्छ। स्कुल पठाउन मोबाइल चाहिन्छ। आफूले भनेको काम अह्राउन वा सजिलै मनाउन मोबाइल चाहिने भएको छ। यो एडिक्सनको विकराल रुप हो।

मोबाइलको अत्यधिक प्रयोगले विभिन्न नकारात्मक असरहरु बालबच्चामा देखिएका छन्। ती असरलाई हामी तलका बुँदामा व्याख्या गर्न सक्छौँ।

१. बाल क्रियाशीलता लोप हुँदै
मोबाइलको प्रयोगले बाहिर चौरमा गएर खेल्ने, आफन्त वा चिनेजानेकासँग घुलमिल भएर बोल्ने, साथीभाइ बनाउने आदि सबै गतिविधिहरु कम भएका छन्। बालबालिकामा रहने अत्यधिक रचनात्मकता सबै मोबाइलको गेम, फेसबुकका गतिविधि र युट्युबको भिडियोले खाइदिएको छ। बाहिरी पर्यावरणमा गएर पसिना निकालेर कुनै खेल खेल्नु र मोबाइलमा गेम खेल्नु आकास पातल फरक कुरा हो। वातावरणसँगको घुलमिलले छुट्टै हर्मोनहरुको विकास गर्छ र बालबालिकालाई सिर्जनशील हुन मद्दत गर्दछ।

२. निद्रा अपुग हुँदा स्वास्थ्य समस्या
स्कुलबाट आएपछि वा बिदाको दिन पनि राति अबेरसम्म फेसबुक चलाउने, घण्टौं म्यासेन्जरमा च्याट गर्ने, गेम खेल्नेजस्ता क्रियाकलापहरुले निद्रामा समस्या ल्याउँछ। चाँडै सुत्ने र चाँडै उठ्ने शरीरको नियमित चक्र नै बिथोलिन्छ। निद्रामा समस्या आएपछि टाउको दुख्ने, आँखाको मुनिको भाग कालो हुने, स्कुलमा दिउँसो पढाएको कुरामा ध्यान दिन नसक्ने जस्ता समस्याहरु झन् उब्जिएर आउँछन्।

३. मानसिक समस्या आउने
मोबाइलको प्रयोगले बालबच्चालाई एकोहोरो बनाउँछ। आफ्नो दाँयाबाँया हुने घट्ना वा अन्य क्रियाकलापमा खासै ध्यान पुग्दैन। कोठाको एउटा कुनामा बसेर एउटा कृत्रिम सोचमा मात्र डुब्दा बालबच्चालाई विकराल मानसिक समस्या देखिन सक्छ। नयाँ कुरा सोच्ने र गर्ने नहुँदा लामो समयमा डिप्रेशनकै शिकार समेत हुन सक्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

४. मोटोपना बढ्न सक्ने
बालबच्चाको उमेर भनेको शारीरिक रुपमा अत्यधिक विकास हुने उमेर हो। तर, यही उमेरमा नै एकै ठाउँमा बसेर मोबाइल हेर्न थालेपछि मोटोपना बढ्नु कुनै अपवादको विषय होइन। खाना खाने नियमित चक्रलाई मोबाइलको प्रोयगले डिस्टर्ब गर्ने हुनाले कुनै बेला अत्यधिक खाइदिने त कुनै बेला भोकै बस्ने परिपाटीले पनि मोटोपनामा बढवा ल्याउँछ।

५. छिटो कुलतमा फस्न सक्ने
बालबालिकाको दिमाग भनेको काँचो माटो जस्तै हुन्छ भनिन्छ। जस्तो, आकार दिन सकियो उस्तै बन्न सक्छ। तर, मोबाइलको लतले कुलतको बाटो डोर्‍याउन सक्छ। आफूभन्दा अग्रजको आनीबानीलाई सिको गर्दै प्रत्यक्ष राम्रा कुराहरु व्यवहारमा उतार्ने उमेर हो। तर, मोबाइलमा आउने अव्यवहारिक एवं हानी पुर्‍याने अनेकौं श्रृंखलाको ट्र्यापमा परेछि बालबच्चालाई उम्काउन गाह्रो हुन्छ। त्यसैले कुलतमा फस्ने सम्भावना बढी हुन्छ।

६. पढाइमा समस्या हुने
स्कुलबाट घर पुग्ने बित्तिकै नियमित क्रियाभन्दा पनि मोबाइल समात्न हतार हुने बालबच्चाको पढाइ बिग्रन्छ। होमवर्क गर्ने, स्कूलका कुरा रिभिजन गर्ने, नयाँ कुरा पढ्ने बानी मोबाइलसँगको लतले खाइदिएको छ। जसले गर्दा परीक्षामा पनि राम्रो नतिजा ल्याउनबाट बालबच्चाहरु विमुख हुन्छन्।

७. आँखामा समस्या हुने
मोबाइललाई चहकिलो बनाएर एकोहोरो हेर्दा आँखा थाक्ने समस्या रहन्छ। मोबाइलको प्रकाशलाई फिल्टर गर्न छुट्टै चस्माको प्रयोग गर्नुपर्ने हुन्छ। चलाउनै पर्ने बाध्यता भए पनि आँखाका ढकनीले आँखालाई विश्राम दिँदै मोबाइल चलाउनुपर्ने हुन्छ। तर, बालबच्चाहरुले यस्ता सावधानी अपनाएको देखिँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

८. छिटो रिसाउने बानी
मोबाइलको लतमा लागि सकेपछि हत्तपत्त यो छोड्ने मन कसैलाई हुँदैन। अनि सानो तिनो काम कसैले अह्राउँदा वा गर्न पर्दा पनि रिसाउने र ठाडो ठाडो बोल्ने समस्या बालबच्चामा देखिन्छ। रिसलाई काबुमा राख्न सक्ने र सहनशील हुने क्षमतामा पनि मोबाइलको लतले ह्रास ल्याउँछ।

९. अरु सम्पूर्ण विकासमा अवरोध पुर्‍याउने
मानसिक र शारीरिक मात्र नभइ बालबच्चाको सामाजिक,सांस्कृतिक विकासमा समेत मोबाइलको लतले हानि पुर्‍याउछ। १८ वर्ष मुनिकाले हेर्न नहुने हिंसात्मक गतिविधि, यौनका अनैतिक क्रियाकलाप जस्तामा बालबालिकाको सहजै पहुँच हुँदा विकृति फैलन्छ र व्यवस्थित सामाजिक संरचनामा नै खलल पुर्‍याउँछ। 

के मोबाइलमा राम्रा कुराहरु हुँदैनन्?
इन्टरनेटको यो दुनियाँमा राम्रा नराम्रा दुवै पक्षहरु मोबाइलमार्फत पाउन सकिन्छ। तर, बालबच्चाहरुले कुन राम्रो र कुन नराम्रो छुट्याउन खासै सक्दैनन्, जहाँ अभिभावकले भूमिका खेल्नु पर्ने हुन्छ। ज्ञानगुनका कुराहरु सिक्न पनि प्रविधि नभइ हुँदैन। यस्को सकारात्मक फाइदा लिन, मोबाइलमाथिको जथावाभी प्रयोग रोक्न पनि यसको उचित सदुपयोग चाहिन्छ।

बालबच्चामा मोबाइलको लत कसरी हटाउने?
आजको भोलि नै मोबाइलको लत हटाउने प्रयास गर्दा दुष्परिणामहरु निस्कन सक्छन्। बालबच्चा मात्र नभएर ठूलाबडासमेत यसको लतमा लागिसकेको हुँदा यो अवस्थामा बालबच्चालाई उम्काउन संवेदनशील भएर तल दिइएका क्रियाकलापहरु गर्न सकिन्छ।

१. बालबच्चालाई एकपटकमा मात्र १ देखि २ घण्टासम्म मोबाइल हेर्न दिने। यो समय सीमापछि अन्य कार्यमा सारिक हुनुपर्ने पूर्वसूचना दिने।

२. खाना खाने समय, ठूलाबडासँगको गफगाफको समय, अनि घरमा पाहुना आउँदाको समयमा बालबच्चालाई मोबाइलबाट परै राख्ने, ता कि घुलमिल हुन सकून्।

३. राती सुत्ने बेला हुनु १ घण्टा अगावै मोबाइलबाट बालबच्चालाई टाढै राख्ने र कथाहरु सुनाएर प्रेरणा दिने।

४. मोबाइलको प्रयोगले हुने हानीबारे अभिभावकहरु आफू पनि जानकार हुने र बालबच्चालाई घुमाउरो हिसाबमा कथाहरुमार्फत बुझाउने कोसिस गर्ने।

५. अभिभावकले बालबच्चालाई मोबाइलको सट्टा अन्य खेलाउनाहरु, चित्र कोर्ने सामग्री, गीत गाउने सामग्री, नाँच्दा लगाउने लुगाहरु किनिदिएर लतबाट विस्तारै टाढा लैजान सक्छन्।

६. बालबच्चालाई फूर्सदको समयमा चौरमा गएर खेल्न प्रेरित गर्ने र बिदा हुँदा अभिभावक आफैंले पनि घुमफिर गर्न रमाइला स्थानहरुमा लैजानुपर्छ।

७. अभिभावकले आफ्नो लामो समय बालबच्चासँग व्यतित गर्नुपर्ने हुन्छ। उनीहरुको उत्तरको सहज जवाफ, स्कुलमा भए गरेका गतिविधिको छलफल, होमवर्क गर्दा पनि आफैं सहभागी हुने जस्ता क्रियाकलापले मोबाइलको लत छुटाउन मद्दत पुर्‍याउँछ।

सबैजना बा-आमालाई आफ्ना बालबच्चाको मायाभन्दा ज्यादा अर्को केही लाग्दैन। तर, दिनानुदिन आफ्नो बालबालिकामा बढ्दै गइरहेको मोबाइलप्रतिको आशक्तिमा उनीहरु बेखबर जस्तै हुन्छन्।

आफ्नो काम निम्ट्याउन बालबच्चालाई मोबाइल दिएर भुलाउन त सजिलो छ, तर कालन्तरमा यसले पार्ने नकारात्मक असर हाम्रो सोचभन्दा धेरै पर पुग्नेछ। घरमा हुँदा अभिभावक र स्कुलमा हुँदा शिक्षक यी दुवै पात्रद्वारा अब बालबच्चालाई यो मोबाइलको लतबाट मुक्त पार्न लाग्नै पर्छ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल
सम्बन्धित सामग्री
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो दशैं र विजयादशमीमा पनि फरक छ। पहिले त हामी दशैं मान्थ्यौं। पछिपछि आएर दशैंलाई विजयादशमी भन्न थालियो। पहिलो त दशैं नेपालीहरुको चाड हो... बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्। बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्