काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पोलिटब्युरोमा वैकल्पिक सदस्यमा विवाद भएपछि थप गरेका छन्।
सुरुमा १२५ जनाको नाम अध्यक्ष दाहालले सार्वजनिक गरेका थिए। उक्त सूचीमा धेरै नाम छुटेको भन्दै आवाज उठेपछि एक घन्टा बैठक स्थगित भएको थियो। नेताहरुसँग थप परामर्श गर्दै अध्यक्ष दाहालले १५६ जनासम्म बनाउन सकिने भन्दै ३१ जनाको नाम थप गरेका हुन्।
पार्टीको जारी केन्द्रीय कमिटीबाट पारित १२५ जना पोलिटब्युरो सदस्यमा ३१ जनाको नाम प्रचण्डले थप गरेपछि बैठक सुरु भएको छ।
यी हुन् थप गरिएका प्रस्तावित नाम
पूर्णा कुमारी सुवेदी, जयपुरी घर्ती, रेखा शर्मा, अन्जना बिसंखे, प्रल्हाद बुढाथोकी, महेश्वर गहतराज, रामेश्वर राय, उर्मिला अर्याल, यशोदा सुवेदी, अमृता थापा, कमला रोक्का, सत्या पहाडी, साबित्री काफ्ले , सुर्य सुवेदी, सुनिल मानन्धर, विश्वनाथ साह, नेपबहादुर चौधरी, पर्शुराम तामाङ, दलजीत श्रीपाली, कालीबहादुर मल्ल, नारायणी शर्मा, हकिकुल्ला खाँ, सुरेश आले, डोरप्रसाद उपााध्याय, वण यादव र बलावती शर्मालगायत रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।