काठमाडौं- कमल थापा नेतृत्वको राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारी राप्रपामा प्रवेश गरेका छन्।
बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे।
केही दिनअघि संगठनका अर्का महासचिव दिपेश शाह पनि राप्रपामा प्रवेश गरेका थिए।
संगठनका अध्यक्ष रजवार कैलालीको ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन्।
रजवार राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका कमल थापाको साथमा थिए।
उनी तीन महिना अघि मात्रै राप्रपा नेपाल निकटको विद्यार्थी संगठनका अध्यक्ष बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।