काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बिमा नेको इन्स्योरेन्सबाट गर्न सक्नेछन्।
बैंकले हाल ७४ जिल्लामा २ सय ४ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ मार्फत सेवा दिँदै आएको छ।
आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।