काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले अनलाइन पोर्टल ‘के एस डिजिवर्ल्ड’ सञ्चालनमा ल्याएको छ।
आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यममार्फत सुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्ने हेतुले अनलाइन पोर्टल के एस डिजिवर्ल्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
यो सेवा लागू भएपछि बैंकका ग्राहकहरूले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत अथवा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाइन सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
केएस डिजिवर्ल्डमा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरो सेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्यूआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवालगायतका सेवाहरू उपलब्ध रहेको बैंकले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।