काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ।
आइतबारबाट सुरु भएको बैठक सोमबार बसेर स्थगित भएको थियो। उक्त बैठक बिहीबार दिउँसोबाट पुन: सुचारु भएको हो।
बैठकको तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय सदस्यहरुको जिज्ञासा र प्रस्तावमाथि प्रष्टीकरण दिँदै छन्। यस्तै, पूर्वस्थायी समितिले दिएको जिम्मेवारीअनुसार अध्यक्ष प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ।
गत आइतबारदेखि जारी बैठकमा मंगलबार र बुधबार भने स्थगित भएको थियो।
मंगलबार पदाधिकारी, पोलिटब्यूरो चयनलगायतको गृहकार्यका लागि बैठक स्थगित गरिएपनि बुधबारको बैठक अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन समिति गठन, संसद बैठकलगायतले बिहीबारका लागि सारिएको थियो।
गत पुसमा आठौं महाधिवेशन सकेको माओवादीले अहिलेसम्म पदाधिकारी टुंग्याउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।