काठमाडौं– प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
यस्तै बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पनि सर्वसम्मतिले स्वीकृत गरेको छ।
स्वास्थ्यमन्त्री खापुङले नै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
दुवै प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नको स्वास्थ्यमन्त्री खापुङले जवाफसमेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।