• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी 

रोस्ट्रममा निरीह देखिएका अर्थमन्त्रीले बचाउमा तर्क गरे, तथ्य पुर्‍याउन सकेनन् 

64x64
नेपाल लाइभ बुधबार, असार २२, २०७९  १९:२९
1140x725

काठमाडौं-‘म अर्थमन्त्रीको पदबाट राजीनामा दिएको घोषणा गर्दछु। मैले कुनै गल्ती गरेको छैन। नागरिक समाज र नागरिकहरुको आवाजलाई सम्मान गरेर राजीनामा घोषणा गरेको छु। तथ्यमा गइदिनुहोला। छानबिन समितिले ल्याएको तथ्य र सत्यको अगाडि उपस्थित भएर म आफ्नो काम अघि बढाउन चाहन्छु। ’  

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको रोस्ट्रममा उभिएर अन्तिममा यति बोले। अनि एक वर्षदेखि अर्थमन्त्रालयको जिम्मेवारीबाट बाहिर निस्के। उनले करिब २० मिनेटको सम्बोधनमा धेरै कुरा बोले। आफ्नो बचाउमा तर्क गरे। तर त्यसलाई पुष्टि गर्ने तथ्य पेश गर्न सकेको देखिएन।

वाक कलामा सिपालु नै मानिने शर्मा रोस्ट्रममा उभिएर आफ्नो बचाउमा अभिव्यक्ति दिइरहँदा समग्रमा निरीह देखिएका थिए। प्रमुख प्रतिपक्षी एमालेको बहिस्कारबीच राजीनामा घोषणापछि संसदको कुर्सीमा केहीबेर बसे। अनि सरासर आफ्नो पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कानेखुसी गर्न पुगे। पार्टी अध्यक्षसँग केही कुरा गर्दै उनी सरासर संसद भवन बाहिर निस्के।  

'मैले संसदमा आएर के कारणले बोल्न नपाउने? मैले कोरोनामा छटपटिएका जनताविरुद्धमा काम गरेँ कि? मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ ? के कारणले अनैतिक भएँ?’ 

अर्थमन्त्रीको रुपमा एमालेले स्वीकार नगरेकोप्रति जवाफ दिँदै उनले एमालेले विगतमा गरेका गल्ती उठाउने कोसिस त गरे। तर, सफल देखिएनन्। 

‘अर्थमन्त्रीकै हैसियतले बोल्न चाहन्छु,,संसद दुई पटक विघटन भयो। हामीले यो बीचमा उतारचढाव भोग्यौँ,’ उनले भने ‘गम्भीर प्रकृतिका कामहरु भए। मैले संसदमा आएर के कारणले बोल्न नपाउने? मैले कोरोनामा छटपटिएका जनताविरुद्धमा काम गरेँ कि? मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ ? के कारणले अनैतिक भएँ?’ 

उनले अघिल्लो सरकारका अर्थमन्त्री युवराज खतिवडाप्रति लक्षित गर्दै आफ्नो आरोपमा बचाउ गर्ने प्रयास गरे। उनले खतिवडाको समयमा बजेटमा दुधमा कर लगाएको र विशाल समूहले भित्राउने चकलेटमा कर घटाएकोसम्म कुरा उठाए। उनले विद्युतीय कारमा कर घटाएको कुरा पनि उठाउने कोशिस गरे। तर आफूमाथि लागेको आरोपको बचाउ गर्नेभन्दा अरुलाई दोष दिएर आफ्नो गल्ती छोप्ने प्रयासतिर लागे। संसदको रोस्ट्रममा आफूमाथि लागेको आरोप अस्वीकार गर्दै उनले उक्त समयमा आफूले बजेटमार्फत् ल्याएको कार्यक्रमदेखि सीसीटीभी फुटेज मेटिएकोसम्म जवाफ दिने प्रयास गरे। 

‘सभामुख महोदय सीसीटीभीको क्षमता कति छ भनेर मैले कसरी जान्न सक्छु, यहाँ भएका सीसीटीभीको क्षमता कति छ भनेर यहाँ माननीयज्यूहरूलाई जानकारी छ?’, प्रश्न गर्दै शर्माले भने। उनले यसको बचाउमा अब सबै मन्त्रीहरुले पहिला सीसीटीभीको क्षमता हेर्नुपर्ने अवस्था आएको दाबी गरे। 

‘सीसीटीभीको क्षमता जति थियो, त्यो त्यहीँ सुरक्षित छ। एउटा मन्त्रीले सीसीटीभीको क्षमताबारे जानकारी राख्ने होइन होला,’ उनले भने । 

‘सीसीटीभीको क्षमता जति थियो, त्यो त्यहीँ सुरक्षित छ। एउटा मन्त्रीले सीसीटीभीको क्षमताबारे जानकारी राख्ने होइन होला,’ उनले भने ‘अर्थतन्त्रको सुधार कसरी गर्ने, जनताको जीवनमा सहजता कसरी ल्याउने भनेर सोच्ने होला नि !’ 

Ncell 2
Ncell 2
nimb
nimb

अर्थ मन्त्रालयले नै उपभोक्ता हित संरक्षण मञ्चले मागेको सूचनाको हकसम्वन्धी निवेदनको जवाफमा सीसीटीभी फुटेज मेटिएको भनेको थियो। यो सूचना बाहिरिएलगत्तै अर्थमन्त्री शर्मामाथि झन् आशंका बढेको थियो। योसँगै नागरिक समाज र आम रुपले उनको राजीनामाको प्रश्न उठायो। सर्वोच्च अदालतकी पूर्वन्यायाधीश सुशीला कार्की, पूर्वउपकूलपति केदारभक्त माथेमा र डा गोविन्द  केसीले विज्ञप्ति जारी गरेर उनको राजीनामाको माग गरेका थिए। योजना आयोगका ६ पूर्व उपाध्यक्षहरुले पनि उनीमाथि छानबिन माग गरेका थिए। प्रमुख प्रतिपक्षले यसलाई प्रमुख अजेण्डा नै बनाएर अघि बढेपछि शर्मा अप्ठेरोमा परेका थिए। 

बुधरबारको बैठकमा सुरुमै समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीमाथि प्रश्न उठाएर राजीनामाको माग गरेका थिए। त्यसपछि रोस्ट्रममा उभिएका शर्माले विद्युतीय गाडीमा लगाएको करका प्रश्नमा पनि जवाफ दिए।  आफूले डलर सञ्चिति घटिरहेका बेला बढी मूल्य पर्नेमा कर बढाएको भन्दै उक्त निर्णयको बचाउ गरे।  

विद्युतीय गाडीमा कर घटाएर नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई सहयोग गरेको आरोप उनीमाथि लागेको थियो। बजेट निर्माणका क्रममा करको दर परिर्वतन गर्न पनि चौधरीका कर्मचारी रहेको भनिएका अर्थमन्त्रालयका पूर्व नासु रघुनाथ घिमिरे मध्यरातमा अर्थमन्त्रालय छिरेको आरोप लागेको थियो। 

उनले यसमा बचाउ गर्दै बजेट निर्माणको रात जेठ १४ गते आफू, अर्थसचिव र अर्थमन्त्रालयका सम्बद्ध कर्मचारीमात्र रहेको दाबी गरे।  ‘उक्त दिन म अबेर रातसम्म अर्थमन्त्रालयमै थिए। अर्थसचिव, राजस्व सचिवलगायत अर्थ मन्त्रालयको सम्वद्ध कर्मचारीमात्र थिए’ उनले भने ‘म मन्त्री निवासमा आएर सुतेर बिहान ६ बजे गएको हुँ। कुनै अनधिकृत व्यक्ति प्रवेश भएको छैन र गराएको पनि छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले यति भन्दै गर्दा आफूमाथि लागेको आरोपको सफाइका लागि आवश्यक परेमा सीसीटीभी फुटेज वा अन्य प्रमाण उपलव्ध गराउन सक्छु भन्नसमेत सकेनन्। यही विवादका कारण अर्थसचिव मधु मरासिनी अर्थ मन्त्रालयमा शर्मा रहेसम्म नफर्कने भन्दै बिदामा हिँडेपछि झन् आशंका बढेको थियो। यो विषयमा एमाले सांसद भट्टराईले प्रश्न पनि उठाएका थिए। तर शर्माले जवाफ नै दिएनन्। उनले एकै जवाफ दिनेक्रममा राष्ट्रघातको जवाफमा पुगे। 

‘अर्थमन्त्रीले अर्थतन्त्र जोगाएर अघि बढ्नेगरी निर्णय गर्दा कसरी राष्ट्रघात हुन्छ?’ उनले भने ‘आयात प्रतिस्थापन गर्ने नीति बजेटले लिँदा राष्ट्रघात हुने हो ? सबैलाई समेट्ने बजेट ल्याउन पाइँदैन? सरकारले त्यही गरेको हो।’  

‘अर्थमन्त्रीले अर्थतन्त्र जोगाएर अघि बढ्नेगरी निर्णय गर्दा कसरी राष्ट्रघात हुन्छ?’ उनले भने ‘आयात प्रतिस्थापन गर्ने नीति बजेटले लिँदा राष्ट्रघात हुने हो ? सबैलाई समेट्ने बजेट ल्याउन पाइँदैन? सरकारले त्यही गरेको हो।’  

छानबिन समितिको स्वागत, आफ्नो बचाउमा विगततिर प्रश्न

शर्माले आफू परिर्वतनको आन्दोलनमा सरिक भएर आएको भन्दै आफू कहिल्यै पनि नझुकेको दाबी गरे। ‘मैले आफ्नै नैतिकता कतै पनि डग्न दिएको छैन,  जनता र राष्ट्रप्रतिको इमान्दारिताका लागि कतै पनि डगमगिएको छैन,’ उनले भने ‘म एउटा हैन, हजारौं छानबिनका लागि तयार छु।’ 

उनले यति भनेपछि फेरि विगतमा पनि छानबिन समिति बनेको कुरा उप्काए। शर्माले विगतमा पनि विभिन्न छानबिन गरेको र पक्ष रहेको भन्दै आम नागरिकलाई भ्रम सिर्जना भएका कारण देश र राष्ट्रको पक्षका काम गरेका हुँदाहुँदै समस्या देखेर सत्य तथ्यले स्पष्ट गर्ने भन्दै राजीनामा दिएको बताए।

उनले एउटा व्यक्तिमाथि अनावश्यक, झुटा र लाञ्छना लगाइएको भन्दै त्यसलाई आफूले अस्वीकार गर्ने र छानबिनलाई पूर्ण सहयोग गर्ने बताए। विगतमा यस्ता छानबिन हुँदा मन्त्री कायमै भएरै भएको तथ्य रहेको बताउँदै आफूले यस्तो नचाहेको बताए। 

‘आजैमात्र यस्तो समिति बनाउने कुरा भएको छ,’ उनले भने ‘यसका लागि सभामुखको पहलमा भएको छानबिन समितिको स्वागत गर्दछु। अनि आफ्नो पदबाट मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गर्दछु।’ 

‘आजैमात्र यस्तो समिति बनाउने कुरा भएको छ,’ उनले भने ‘यसका लागि सभामुखको पहलमा भएको छानबिन समितिको स्वागत गर्दछु। अनि आफ्नो पदबाट मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गर्दछु।’ 

महतले पनि दिएका थिए राजीनामा
अर्थमन्त्रीको इतिहासमा विवादमा परेपछि यसअघि तत्कालीन अर्थमन्त्री रामशरण महतले राजीनामा दिएका थिए। 
२०५३ साल साउन १६ गते विदेशी बैंकमा खाता रहेको विषयमा एमालेले नै आवाज उठाएपछि नेपाली कांग्रेसका तर्फबाट अर्थमन्त्री भएका महतले संसदको रोस्ट्रममा उभिएर राजीनामा घोषणा गरेका थिए। 

अहिले पनि एमाले प्रतिपक्ष रहेको समयमा अर्थमन्त्री शर्माले राजीनामा दिएका छन्। अर्थमन्त्रीका बारेमा विवाद आएर संसद अवरुद्ध हुने भएपछि सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका हुन्। जसमा समितिमा एमालेका ४, नेपाली काग्रेस र माओवादी केन्द्रका २/२ र एकीकृत समाजवादी,जसपा र लोसपाका १/१ सदस्य रहेका छन्।  उक्त समितिलाई १० दिनको समय दिइएको छ। समितिले सबै पक्षमा अध्ययन गरेर प्रतिवेदन दिने छ। उक्त प्रतिवेदनपछि शर्मामाथि के हुने भन्ने बारेमा निर्णय हुनेछ। 


 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्