• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी 

रोस्ट्रममा निरीह देखिएका अर्थमन्त्रीले बचाउमा तर्क गरे, तथ्य पुर्‍याउन सकेनन् 

64x64
नेपाल लाइभ बुधबार, असार २२, २०७९  १९:२९
1140x725

काठमाडौं-‘म अर्थमन्त्रीको पदबाट राजीनामा दिएको घोषणा गर्दछु। मैले कुनै गल्ती गरेको छैन। नागरिक समाज र नागरिकहरुको आवाजलाई सम्मान गरेर राजीनामा घोषणा गरेको छु। तथ्यमा गइदिनुहोला। छानबिन समितिले ल्याएको तथ्य र सत्यको अगाडि उपस्थित भएर म आफ्नो काम अघि बढाउन चाहन्छु। ’  

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको रोस्ट्रममा उभिएर अन्तिममा यति बोले। अनि एक वर्षदेखि अर्थमन्त्रालयको जिम्मेवारीबाट बाहिर निस्के। उनले करिब २० मिनेटको सम्बोधनमा धेरै कुरा बोले। आफ्नो बचाउमा तर्क गरे। तर त्यसलाई पुष्टि गर्ने तथ्य पेश गर्न सकेको देखिएन।

वाक कलामा सिपालु नै मानिने शर्मा रोस्ट्रममा उभिएर आफ्नो बचाउमा अभिव्यक्ति दिइरहँदा समग्रमा निरीह देखिएका थिए। प्रमुख प्रतिपक्षी एमालेको बहिस्कारबीच राजीनामा घोषणापछि संसदको कुर्सीमा केहीबेर बसे। अनि सरासर आफ्नो पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कानेखुसी गर्न पुगे। पार्टी अध्यक्षसँग केही कुरा गर्दै उनी सरासर संसद भवन बाहिर निस्के।  

'मैले संसदमा आएर के कारणले बोल्न नपाउने? मैले कोरोनामा छटपटिएका जनताविरुद्धमा काम गरेँ कि? मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ ? के कारणले अनैतिक भएँ?’ 

अर्थमन्त्रीको रुपमा एमालेले स्वीकार नगरेकोप्रति जवाफ दिँदै उनले एमालेले विगतमा गरेका गल्ती उठाउने कोसिस त गरे। तर, सफल देखिएनन्। 

‘अर्थमन्त्रीकै हैसियतले बोल्न चाहन्छु,,संसद दुई पटक विघटन भयो। हामीले यो बीचमा उतारचढाव भोग्यौँ,’ उनले भने ‘गम्भीर प्रकृतिका कामहरु भए। मैले संसदमा आएर के कारणले बोल्न नपाउने? मैले कोरोनामा छटपटिएका जनताविरुद्धमा काम गरेँ कि? मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ ? के कारणले अनैतिक भएँ?’ 

उनले अघिल्लो सरकारका अर्थमन्त्री युवराज खतिवडाप्रति लक्षित गर्दै आफ्नो आरोपमा बचाउ गर्ने प्रयास गरे। उनले खतिवडाको समयमा बजेटमा दुधमा कर लगाएको र विशाल समूहले भित्राउने चकलेटमा कर घटाएकोसम्म कुरा उठाए। उनले विद्युतीय कारमा कर घटाएको कुरा पनि उठाउने कोशिस गरे। तर आफूमाथि लागेको आरोपको बचाउ गर्नेभन्दा अरुलाई दोष दिएर आफ्नो गल्ती छोप्ने प्रयासतिर लागे। संसदको रोस्ट्रममा आफूमाथि लागेको आरोप अस्वीकार गर्दै उनले उक्त समयमा आफूले बजेटमार्फत् ल्याएको कार्यक्रमदेखि सीसीटीभी फुटेज मेटिएकोसम्म जवाफ दिने प्रयास गरे। 

‘सभामुख महोदय सीसीटीभीको क्षमता कति छ भनेर मैले कसरी जान्न सक्छु, यहाँ भएका सीसीटीभीको क्षमता कति छ भनेर यहाँ माननीयज्यूहरूलाई जानकारी छ?’, प्रश्न गर्दै शर्माले भने। उनले यसको बचाउमा अब सबै मन्त्रीहरुले पहिला सीसीटीभीको क्षमता हेर्नुपर्ने अवस्था आएको दाबी गरे। 

‘सीसीटीभीको क्षमता जति थियो, त्यो त्यहीँ सुरक्षित छ। एउटा मन्त्रीले सीसीटीभीको क्षमताबारे जानकारी राख्ने होइन होला,’ उनले भने । 

‘सीसीटीभीको क्षमता जति थियो, त्यो त्यहीँ सुरक्षित छ। एउटा मन्त्रीले सीसीटीभीको क्षमताबारे जानकारी राख्ने होइन होला,’ उनले भने ‘अर्थतन्त्रको सुधार कसरी गर्ने, जनताको जीवनमा सहजता कसरी ल्याउने भनेर सोच्ने होला नि !’ 

Ncell 2
Ncell 2
nimb
nimb

अर्थ मन्त्रालयले नै उपभोक्ता हित संरक्षण मञ्चले मागेको सूचनाको हकसम्वन्धी निवेदनको जवाफमा सीसीटीभी फुटेज मेटिएको भनेको थियो। यो सूचना बाहिरिएलगत्तै अर्थमन्त्री शर्मामाथि झन् आशंका बढेको थियो। योसँगै नागरिक समाज र आम रुपले उनको राजीनामाको प्रश्न उठायो। सर्वोच्च अदालतकी पूर्वन्यायाधीश सुशीला कार्की, पूर्वउपकूलपति केदारभक्त माथेमा र डा गोविन्द  केसीले विज्ञप्ति जारी गरेर उनको राजीनामाको माग गरेका थिए। योजना आयोगका ६ पूर्व उपाध्यक्षहरुले पनि उनीमाथि छानबिन माग गरेका थिए। प्रमुख प्रतिपक्षले यसलाई प्रमुख अजेण्डा नै बनाएर अघि बढेपछि शर्मा अप्ठेरोमा परेका थिए। 

बुधरबारको बैठकमा सुरुमै समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीमाथि प्रश्न उठाएर राजीनामाको माग गरेका थिए। त्यसपछि रोस्ट्रममा उभिएका शर्माले विद्युतीय गाडीमा लगाएको करका प्रश्नमा पनि जवाफ दिए।  आफूले डलर सञ्चिति घटिरहेका बेला बढी मूल्य पर्नेमा कर बढाएको भन्दै उक्त निर्णयको बचाउ गरे।  

विद्युतीय गाडीमा कर घटाएर नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई सहयोग गरेको आरोप उनीमाथि लागेको थियो। बजेट निर्माणका क्रममा करको दर परिर्वतन गर्न पनि चौधरीका कर्मचारी रहेको भनिएका अर्थमन्त्रालयका पूर्व नासु रघुनाथ घिमिरे मध्यरातमा अर्थमन्त्रालय छिरेको आरोप लागेको थियो। 

उनले यसमा बचाउ गर्दै बजेट निर्माणको रात जेठ १४ गते आफू, अर्थसचिव र अर्थमन्त्रालयका सम्बद्ध कर्मचारीमात्र रहेको दाबी गरे।  ‘उक्त दिन म अबेर रातसम्म अर्थमन्त्रालयमै थिए। अर्थसचिव, राजस्व सचिवलगायत अर्थ मन्त्रालयको सम्वद्ध कर्मचारीमात्र थिए’ उनले भने ‘म मन्त्री निवासमा आएर सुतेर बिहान ६ बजे गएको हुँ। कुनै अनधिकृत व्यक्ति प्रवेश भएको छैन र गराएको पनि छैन।’

उनले यति भन्दै गर्दा आफूमाथि लागेको आरोपको सफाइका लागि आवश्यक परेमा सीसीटीभी फुटेज वा अन्य प्रमाण उपलव्ध गराउन सक्छु भन्नसमेत सकेनन्। यही विवादका कारण अर्थसचिव मधु मरासिनी अर्थ मन्त्रालयमा शर्मा रहेसम्म नफर्कने भन्दै बिदामा हिँडेपछि झन् आशंका बढेको थियो। यो विषयमा एमाले सांसद भट्टराईले प्रश्न पनि उठाएका थिए। तर शर्माले जवाफ नै दिएनन्। उनले एकै जवाफ दिनेक्रममा राष्ट्रघातको जवाफमा पुगे। 

‘अर्थमन्त्रीले अर्थतन्त्र जोगाएर अघि बढ्नेगरी निर्णय गर्दा कसरी राष्ट्रघात हुन्छ?’ उनले भने ‘आयात प्रतिस्थापन गर्ने नीति बजेटले लिँदा राष्ट्रघात हुने हो ? सबैलाई समेट्ने बजेट ल्याउन पाइँदैन? सरकारले त्यही गरेको हो।’  

‘अर्थमन्त्रीले अर्थतन्त्र जोगाएर अघि बढ्नेगरी निर्णय गर्दा कसरी राष्ट्रघात हुन्छ?’ उनले भने ‘आयात प्रतिस्थापन गर्ने नीति बजेटले लिँदा राष्ट्रघात हुने हो ? सबैलाई समेट्ने बजेट ल्याउन पाइँदैन? सरकारले त्यही गरेको हो।’  

छानबिन समितिको स्वागत, आफ्नो बचाउमा विगततिर प्रश्न

शर्माले आफू परिर्वतनको आन्दोलनमा सरिक भएर आएको भन्दै आफू कहिल्यै पनि नझुकेको दाबी गरे। ‘मैले आफ्नै नैतिकता कतै पनि डग्न दिएको छैन,  जनता र राष्ट्रप्रतिको इमान्दारिताका लागि कतै पनि डगमगिएको छैन,’ उनले भने ‘म एउटा हैन, हजारौं छानबिनका लागि तयार छु।’ 

उनले यति भनेपछि फेरि विगतमा पनि छानबिन समिति बनेको कुरा उप्काए। शर्माले विगतमा पनि विभिन्न छानबिन गरेको र पक्ष रहेको भन्दै आम नागरिकलाई भ्रम सिर्जना भएका कारण देश र राष्ट्रको पक्षका काम गरेका हुँदाहुँदै समस्या देखेर सत्य तथ्यले स्पष्ट गर्ने भन्दै राजीनामा दिएको बताए।

उनले एउटा व्यक्तिमाथि अनावश्यक, झुटा र लाञ्छना लगाइएको भन्दै त्यसलाई आफूले अस्वीकार गर्ने र छानबिनलाई पूर्ण सहयोग गर्ने बताए। विगतमा यस्ता छानबिन हुँदा मन्त्री कायमै भएरै भएको तथ्य रहेको बताउँदै आफूले यस्तो नचाहेको बताए। 

‘आजैमात्र यस्तो समिति बनाउने कुरा भएको छ,’ उनले भने ‘यसका लागि सभामुखको पहलमा भएको छानबिन समितिको स्वागत गर्दछु। अनि आफ्नो पदबाट मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गर्दछु।’ 

‘आजैमात्र यस्तो समिति बनाउने कुरा भएको छ,’ उनले भने ‘यसका लागि सभामुखको पहलमा भएको छानबिन समितिको स्वागत गर्दछु। अनि आफ्नो पदबाट मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गर्दछु।’ 

महतले पनि दिएका थिए राजीनामा
अर्थमन्त्रीको इतिहासमा विवादमा परेपछि यसअघि तत्कालीन अर्थमन्त्री रामशरण महतले राजीनामा दिएका थिए। 
२०५३ साल साउन १६ गते विदेशी बैंकमा खाता रहेको विषयमा एमालेले नै आवाज उठाएपछि नेपाली कांग्रेसका तर्फबाट अर्थमन्त्री भएका महतले संसदको रोस्ट्रममा उभिएर राजीनामा घोषणा गरेका थिए। 

अहिले पनि एमाले प्रतिपक्ष रहेको समयमा अर्थमन्त्री शर्माले राजीनामा दिएका छन्। अर्थमन्त्रीका बारेमा विवाद आएर संसद अवरुद्ध हुने भएपछि सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका हुन्। जसमा समितिमा एमालेका ४, नेपाली काग्रेस र माओवादी केन्द्रका २/२ र एकीकृत समाजवादी,जसपा र लोसपाका १/१ सदस्य रहेका छन्।  उक्त समितिलाई १० दिनको समय दिइएको छ। समितिले सबै पक्षमा अध्ययन गरेर प्रतिवेदन दिने छ। उक्त प्रतिवेदनपछि शर्मामाथि के हुने भन्ने बारेमा निर्णय हुनेछ। 


 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो
रास्वपाको सचिवालय बैठक जारी
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ?
सम्बन्धित सामग्री
रास्वपाको सचिवालय बैठक जारी पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो । बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र नसक्नेले कम्तीमा विपत्तिको समयमा कटु... बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो बिहीबार, भदौ १८, २०८३
रास्वपाको सचिवालय बैठक जारी बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्