काठमाडौं– निर्वाचन आयोगले आगामी प्रतिनिधि सधा र प्रदेश सभाको निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
मंसिर २२ मा प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको पदावधि सकिने र मंसिर २ मा एकै चरणमा देशभर निर्वाचन गर्नुपर्ने सुझाव दिने क्रममा आयोगले निर्वाचनमा मेशिन प्रयोगका सम्बन्धमा पनि जानकारी गराएको हो।
निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोजनका लागि आयोगद्वारा गठित समितिको प्रतिवेदनले पनि मेशिन प्रयोग गर्ने विषयमा सुझाव दिइसकेको छ।
‘स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र प्रयोग गर्न प्रमाणिकरणको उपयुक्त व्यवस्था गर्ने र सो बमोजिम हुन सक्ने अवस्था नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाई सकिएकोेले आगामी निर्वाचनमा विद्युतीय मतदानयन्त्रको प्रयोग गर्ने सम्बन्धमा समेत आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।