काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद वर्षमान पुनले जनादर्न शर्माले छानबिनका लागि पदबाट राजीनामा दिएको भन्दै उनी निर्दोष भएमा पुनः अर्थमन्त्री बन्ने बताएका छन्।
बुधबार संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता पुनले छानबिनपछि निर्दोष भएमा शर्मा पुन: दोहोरिने दाबी गरेका हुन्।
‘उहाँले छानबिनका लागि मार्ग प्रशस्त गर्नुभएको हो। यसअघि रामशरण मतहका विषयमा पनि कुरो उठेपछि उहाँले नैतिकताका आधारमा राजीनामा दिनुभयो र पछि निर्दोष भएपछि अर्थमन्त्री बन्नुभएको थियो,’ उनले भने, ‘उहाँ(शर्मा)ले निर्दोष छु भन्नुभएको छ। छानबिनबाट उहाँ निर्दोष हुनुभयो भने उहाँ नै अर्थमन्त्री हो। पार्टीले तत्काल अर्को मानिस पठाउँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।