काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ।
बुधबार निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर २ गते एकै चरणमा गर्न प्रस्ताव गरेको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ३ को उपदफा १, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपधारा १ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन एकै मितिमा गर्न प्रस्ताव गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।