काठमाडौं- अर्थमन्त्री जनार्दश शर्माले राजीनामा दिएका छन्। बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले राजीनामा दिएका हुन्।
आफूले गल्ती नगरेको उनको दाबी थियो। उनले छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएको बताए।
बजेटको सूचना चुहाएको, अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दायरा हेरफेर गराएको, उक्त दिनको सीसीटीभी फुटेज मेटाएको लगायत आरोप शर्मामाथि लागेको छ।
बुधबारको प्रतिनिधि सभा बैठकमा यी घटनाको छानबिनका लागि सभामुख अग्नि सापकोटाले विशेष समिति बनाएको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।