काठमाडौं– एमालेका संसदले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा गरेको सम्बोधन बहिस्कार गरेका छन्।
एमालेले अर्थमन्त्री शर्माको राजीनामा वा बर्खास्तीको माग गरिरहेको अवस्थामा मन्त्रीलाई नसुन्ने भन्दै बहिस्कार गरेको हो।
बुधबार ढिला गरेर सुरु भएको संसदको बैठकमा एमालेका संसद योगेशकुमार भट्टराईले आफ्नो भनाई राखेपछि सभामुखले अर्थमन्त्रीलाई समय दिएका थिए।
अर्थमन्त्रीलाई समय दिएपछि एमालेले बहिस्कार गरेको हो। मन्त्री शर्मा माथी बजेट निर्माण प्रक्रियामा लागेको आरोपको छानबिनका लागि बुधबारै मात्र एक विशेष संसदीय समितिको गठन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।