काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आफूले संसद्मा बोल्न नपाउने नैतिकता कसरी गुमाएँ भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूमाथि राजनीतिक पूर्वाग्रहको पराकाष्ठाका रुपमा विरोध भएको बताए।
‘संसदीय छानबिन समिति जुन बनेको छ त्यसलाई म सहज रुपमा लिन्छु। सहमतिमा छानबिन समिति बन्यो। तर, अहिले राजनीतिक पूर्वाग्राह राख्ने काम भयो,’ उनले भने, ‘मैले बजेट निर्माण गर्दा कुनै पनि त्रुटि गरेको छैन। छानबिन समिति बनेको छ। समितिले छानबिन गरोस्।’
स्थापित मान्यता अनुसार नै बजेट निर्माण भएको उनले दाबी गरे। ‘करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई जना सचिव र दुई जना डीजीलाई नीतिगत निर्देशन गरेको छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।