काठमाडौं– नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीको रुपमा जनार्दन शर्माको भाषण सुन्न आफूहरू तयार नभएको बताएका छन्।
बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई सम्बोधन गर्न समय दिएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि उनले योगेश भट्टराईलाई बोल्न दिएका थिए।
भट्टराईले बोलिरहँदा अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने नभए बर्खास्त गर्नुपर्ने बताएका थिए। भट्टराईले बोलिरहँदा माओवादी केन्द्रका सांसदहरुले उठेर प्रतिवाद गरेका थिए।
तर सभामुख सापकोटाले आफूले समय नदिएको भन्दै बस्न आग्रह गरेका थिए। त्यसपछि उनीहरु बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।