काठमाडौं– प्रतिनिधि सभाको निर्धारित समय भन्दा २ घन्टा ढिलो बस्न लागेको बैठकले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन समिति बनाउने कार्यसूची समेटेको छ।
भर्खर सार्वजनिक भएको कार्यसूचीको दोस्रो नम्बरमा समिति गठन गरिने उल्लेख छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५को नियम १७७ बमोजिम संसदीय विशेष समिति गठनको लागि समितिमा राख्ने सांसदहरुको नामावली प्रस्तुत गर्ने भनिएको छ।
प्रमुख प्रतिपक्षले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा छानबिन गर्नका लागि संसदीय समिति निर्माण गर्नुपर्ने माग गरेको थियो।
एमालेले छानबिन समिति गठन नहुने हो भने संसद् बैठक चल्न नदिने भनेपछि ११ सदस्यीय छानबिन समिति निर्माण गर्ने सहमति भएको थियो। उक्त सहमति अनुसार समितिमा एमालेका तर्फबाट ४, काग्रेस र माओवादीका २/२ जना सांसद रहने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।