काठमाडौं- एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरस्थित सरस्वती प्राथमिक विद्यालयको भवन पुनर्निर्माण गरेको छ।
बैंकले विद्यालयको छाना पुनर्संरचना तथा कक्षाकोठाको मर्मतसम्भार गरेको हो।
गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए।
एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।