काठमाडौं– जनकपुरबाट अपहरणमा परेका बालकलाई १५ दिनपछि महोत्तरीबाट उद्धार गरिएको छ। अपहरणको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ।
असार ६ गते जनकपुरको भमरपुराचोकबाट हरिओम चौधरीका ३ वर्षीया छोरा सोहन चौधरी अपहरणमा परेका थिए। घर अगाडि खेल्दै गरेका बालक बेपत्ता भएका थिए।
भारत घर भई जनकपुर बस्दै आएका चौधरी परिवारको छोरो अपहरणमा परेपछि उनीहरुले धनुषा प्रहरीमा जाहेरी दिएका थिए।
बालकको खोजी गर्ने क्रममा महोत्तरीबाट उद्धार गरिएको हो।
अपहरणको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका– ४ बस्ने ५५ वर्षीया मैथुन खातुनलाई पक्राउ गरिएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।