• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
राजनीतिक खिचातानीको परिणामः कामुहरूको भरमा सर्वोच्च अदालत
64x64
दुर्गा दुलाल बिहीबार, असार २३, २०७९  १२:१९
1140x725

काठमाडौं– सर्वोच्च अदालतको स्थापना २००८ सालमा भए यताका ७१ वर्षमा पहिलो पटक अदालतको प्रशासनिक र न्यायिक नेतृत्व कायममुकायमको हातमा पुगेको छ। गएको असार १७ गते मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले एकै पटक तीन महिनाको बिदा लेखेर हिँडेपछि सर्वोच्च अदालत कामुहरूको हातमा पुगेको हो।

यसअघि नै कामु प्रधानन्यायाधीशमा दीपककुमार कार्की छन्। कामु मुख्य रजिष्ट्रारको जिम्मेवारी नारायण पन्थीले पाएका छन्। प्रधानन्यायाधीशले सम्पूर्ण न्यायिक प्रणालीको नेतृत्व गर्छन् भने मुख्य रजिष्ट्रारले अदालती प्रशासनको नेतृत्व गर्छन्। 

सर्वोच्चमा मुख्य रजिष्ट्रारको व्यवस्था भएको भने पाँच वर्ष मात्र भएको छ। त्यसअघि सर्वोच्चमा रजिष्ट्रार नै अदालती प्रशासनको नेतृत्वमा हुने गरेका थिए।

अबको केही महिना सर्वोच्चका दुवै प्रमुख पद कामुको भरमा चल्नेछन्। यस्तो परिस्थितिको सुरुवात भने पाँच महिनाअघि भएको थियो।

पाँच महिनाअघि २०७८ फागुन १ गते सत्तारुढ गठबन्धनमा रहेका दलका ९८ सांसदहरूले राणाविरुद्ध प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परे। त्यसपछि वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भए। सदनबाट महाभियोग प्रस्तावले निकास नपाउँदा राणा निलम्बनमै छन् भने कार्कीले कामु चलाइराख्न पाएका छन्।

यस्तो परिस्थिति भने राजनीतिक दलहरू र स्वयम् प्रधानन्यायाधीश राणाले नै तयार गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक विघटन गरेको प्रतिनिधि सभा दुवै पटक राणाकै नेतृत्वमा पुनःस्थापित भएको थियो। दोस्रो पटक पुनःस्थापित हुँदा एमाले उनीसँग रुष्ट थियो भने पाँच दलीय गठबन्धनले स्वागत गरेको थियो।

तर, उनले तत्कालीन नेकपालाई विघटन गरेर पूर्ववत् नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा फर्काउने २०७७ फागुन २३ को फैसला गरेपछि नेकपा माओवादी केन्द्र पनि उनीसँग रुष्ट भयो। यहीबीचमा उनले २०७८ असोजमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद् विस्तार गर्दा आफ्नो पनि कोटा मागेको विषय बाहिरिएको थियो। कांग्रेसबाट गत वर्ष असोज २२ गते मन्त्री नियुक्त भएका गजेन्द्र हमाल प्रधानन्यायाधीशकै कोटामा परेको बताइएको थियो। विवादमा परेपछि हमालले तीन दिनमा नै राजीनामा दिएका थिए।

यो पनि पढ्नुहोस्

उद्योगमन्त्री गजेन्द्र हमाल : कसरी ‘राणाको मान्छे’ देउवाको कोटामा परे शुक्रबार, असोज २२, २०७८

त्यसपछि कार्यकारीसँग साँठगाँठ गरेको, अदालतमा विचौलियालाई ठाउँ दिएको, भ्रष्टाचारलाई संस्थागत गरेको लगायत २२ आरोप लगाएर नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको थियो। सर्वोच्चका न्यायाधीशले इजलास नै बहिष्कार गरेका थिए। न्यायाधीशले ४० दिन र बारले १०० दिन उनीविरुद्ध आन्दोलन गरेपछि सत्ता गठबन्धनका दलका सांसद्ले महाभियोग दर्ता गरेका थिए। त्यसपछि न्यायिक क्षेत्रको नेतृत्व कामुको हातमा पुगेको हो।

Ncell 2
Ncell 2

कामु प्रधानन्यायाधीसँगको टकरावले कुँवर बिदामा
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बारम्बार आफूलाई मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले सहयोग नगरेको गुनासो अन्य न्यायाधीशसँग गर्दै आएका थिए। उनले एकपटक फुलकोर्टमै यस्तो गुनासो गरेको एक न्यायाधीश बताउँछन्।

कुँवरले प्रधानन्यायाधीश राणाको ‘अनियमितता’मा सहयोग हुने गरी काम गरेको कार्कीको बुझाइ थियो। सर्वोच्चको नयाँ भवन बनाउन भएको ठेक्कामा राणाले अनियमितता गरेको आरोप लाग्ने गरेको छ। त्यसमा कुँवर पनि सहयोगी भएको कार्कीको बुझाइ छ।

यो पनि पढ्नुहोस्

सर्वोच्चभित्र ‘आफ्नै’ले पनि किन छाडे प्रधानन्यायाधीश जबराको साथ? बुधबार, कात्तिक १०, २०७८

कार्कीले उक्त काण्डको छानबिन गर्न कुँवरले सहयोग नगरेको बताउने गरेका थिए। पछिल्लो पटक कुँवरलाई न्याय परिषद्को सिफारिसमा उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको थियो। तर, कुँवरले परम्परा बमोजिम आफूलाई मुख्य न्यायाधीश बनाउनु पर्ने भन्दै न्यायाधीश भएर नजाने उनले लिखित जानकारी नै गराएका थिए।

त्यसपछि, कामु प्रधानन्यायाधीश कार्कीले उनलाई बिदा बस्न निर्देशन दिएपछि गएको असार १७ देखि उनी तीन महिने बिदामा छन्। जसकारण अदालती प्रशासनको नेतृत्व पनि कामुको हातमा पुगेको छ। सर्वोच्चका रजिष्ट्रारमध्ये वरिष्ठको रुपमा उनलाई जिम्मेवारी दिइएको हो।

शर्माको कीर्तिमान : ६ महिना कामु
विगतमा पनि प्रधानन्यायाधीश र मुख्य रजिष्ट्रारहरू कामु भएर नेतृत्व गरेको उदाहरण छन्। यसअघि दुई पटकसम्म सर्वोच्चको नेतृत्व लामो समय कामु प्रधानन्यायाधीशको हातमा पुगेको थियो। 

कामु प्रधानन्यायाधीश भएर दामोदर शर्माले करिब ६ महिना सर्वोच्चको नेतृत्व गरेका थिए। तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई निर्वाचन गराउन मन्त्रीपरिषद् अध्यक्ष बनाइएपछि वरिष्ठ न्यायाधीशको रुपमा शर्मा २०६९ चैत १ गतेदेखि २०७० फागुन २८ सम्म कामु प्रधानन्यायाधीश भएका थिए। रेग्मीले निर्वाचनको जिम्मेवारी सकेर राजीनामा दिएपछि २०७० चैत २८ बाट मात्र शर्मा प्रधानन्यायाधीश हुन पाए।

त्यस्तै, दीपकराज जोशीले पनि लामो समयसम्म कामुको जिम्मेवारी पाए। प्रधानन्यायाधीश रहेका गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र विवादमा परेर बीचमै राजिनामा दिएपछि उनलाई त्यो अवसर प्राप्त भएको थियो। 

पराजुलीले २०७४ चैत १ गते राजीनामा दिएका थिए। प्रधानन्यायाधीश हुने रोलक्रममा रहेका जोशीले उक्त जिम्मेवारी पाएनन्। उनीले २०७४ चैतदेखि  २०७५ साउनसम्म कामु भए। पछि संसदीय समितिले उनको नाम नै अस्वीकार गरेपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएका थिए।

सबैभन्दा कम समय कामुको जिम्मेवारी भने गोपाल पराजुलीले पाएका छन्। उनी पाँच दिन कामु प्रधानन्यायाधीश भएका थिए। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध २०७४ वैशाख १७ गते महाभियोग दर्ता भएपछि उनी निलम्बनमा परेकी थिइन्। पराजुली वैशाख १७  देखि २२ गतेसम्म कामु भएका थिए।  

कुँवर चौँथो मुख्य रजिष्ट्रार
सर्वोच्च अदालको मुख्य रजिष्ट्रार राख्ने व्यवस्था २०७४ साउन २२ गतेदेखि शुरु भएको थियो। पहिलो मुख्य रजिष्ट्रार नहकुल सुवेदी हुन्। सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस भएपछि उक्त पद रिक्त भएको थियो।

उनीपछि राजनप्रसाद भट्टराई २०७४ माघ १८ गते मुख्य रजिष्ट्रार भए। उनी भने उच्च अदालतको न्यायाधीशमा मात्र सिफारिस भएका थिए। भट्टराईपछि २०७५ माघ १५ गते नृपध्वज निरौला मुख्य रजिष्ट्रार भए। उनी पनि उच्च अदालतको मुख्य न्यायाधीश भएर गए। त्यसपछि २०७७ फागुनमा कुँवर मुख्य रजिष्ट्रार भएका हुन्।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्... मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । मंगलबार, असोज २१, २०८२
विपद्‍मा सरकारको तत्परता र समर्पण उल्लेखनीय : रास्वपा दसैँ पर्वकै बीचमा आएको यो विपद्को बेला राज्य संयन्त्र, सुरक्षाबल, नागरिक समाज, स्वास्थ्यकर्मी, पत्रकार, स्वयंसेवक तथा स्थानीय सरकारह... सोमबार, असोज २०, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्