• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजनीतिक खिचातानीको परिणामः कामुहरूको भरमा सर्वोच्च अदालत

64x64
दुर्गा दुलाल बिहीबार, असार २३, २०७९  १२:१९
1140x725

काठमाडौं– सर्वोच्च अदालतको स्थापना २००८ सालमा भए यताका ७१ वर्षमा पहिलो पटक अदालतको प्रशासनिक र न्यायिक नेतृत्व कायममुकायमको हातमा पुगेको छ। गएको असार १७ गते मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले एकै पटक तीन महिनाको बिदा लेखेर हिँडेपछि सर्वोच्च अदालत कामुहरूको हातमा पुगेको हो।

यसअघि नै कामु प्रधानन्यायाधीशमा दीपककुमार कार्की छन्। कामु मुख्य रजिष्ट्रारको जिम्मेवारी नारायण पन्थीले पाएका छन्। प्रधानन्यायाधीशले सम्पूर्ण न्यायिक प्रणालीको नेतृत्व गर्छन् भने मुख्य रजिष्ट्रारले अदालती प्रशासनको नेतृत्व गर्छन्। 

सर्वोच्चमा मुख्य रजिष्ट्रारको व्यवस्था भएको भने पाँच वर्ष मात्र भएको छ। त्यसअघि सर्वोच्चमा रजिष्ट्रार नै अदालती प्रशासनको नेतृत्वमा हुने गरेका थिए।

अबको केही महिना सर्वोच्चका दुवै प्रमुख पद कामुको भरमा चल्नेछन्। यस्तो परिस्थितिको सुरुवात भने पाँच महिनाअघि भएको थियो।

पाँच महिनाअघि २०७८ फागुन १ गते सत्तारुढ गठबन्धनमा रहेका दलका ९८ सांसदहरूले राणाविरुद्ध प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परे। त्यसपछि वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भए। सदनबाट महाभियोग प्रस्तावले निकास नपाउँदा राणा निलम्बनमै छन् भने कार्कीले कामु चलाइराख्न पाएका छन्।

यस्तो परिस्थिति भने राजनीतिक दलहरू र स्वयम् प्रधानन्यायाधीश राणाले नै तयार गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटक विघटन गरेको प्रतिनिधि सभा दुवै पटक राणाकै नेतृत्वमा पुनःस्थापित भएको थियो। दोस्रो पटक पुनःस्थापित हुँदा एमाले उनीसँग रुष्ट थियो भने पाँच दलीय गठबन्धनले स्वागत गरेको थियो।

तर, उनले तत्कालीन नेकपालाई विघटन गरेर पूर्ववत् नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा फर्काउने २०७७ फागुन २३ को फैसला गरेपछि नेकपा माओवादी केन्द्र पनि उनीसँग रुष्ट भयो। यहीबीचमा उनले २०७८ असोजमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद् विस्तार गर्दा आफ्नो पनि कोटा मागेको विषय बाहिरिएको थियो। कांग्रेसबाट गत वर्ष असोज २२ गते मन्त्री नियुक्त भएका गजेन्द्र हमाल प्रधानन्यायाधीशकै कोटामा परेको बताइएको थियो। विवादमा परेपछि हमालले तीन दिनमा नै राजीनामा दिएका थिए।

यो पनि पढ्नुहोस्

उद्योगमन्त्री गजेन्द्र हमाल : कसरी ‘राणाको मान्छे’ देउवाको कोटामा परे शुक्रबार, असोज २२, २०७८

त्यसपछि कार्यकारीसँग साँठगाँठ गरेको, अदालतमा विचौलियालाई ठाउँ दिएको, भ्रष्टाचारलाई संस्थागत गरेको लगायत २२ आरोप लगाएर नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको थियो। सर्वोच्चका न्यायाधीशले इजलास नै बहिष्कार गरेका थिए। न्यायाधीशले ४० दिन र बारले १०० दिन उनीविरुद्ध आन्दोलन गरेपछि सत्ता गठबन्धनका दलका सांसद्ले महाभियोग दर्ता गरेका थिए। त्यसपछि न्यायिक क्षेत्रको नेतृत्व कामुको हातमा पुगेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

कामु प्रधानन्यायाधीसँगको टकरावले कुँवर बिदामा
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बारम्बार आफूलाई मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले सहयोग नगरेको गुनासो अन्य न्यायाधीशसँग गर्दै आएका थिए। उनले एकपटक फुलकोर्टमै यस्तो गुनासो गरेको एक न्यायाधीश बताउँछन्।

कुँवरले प्रधानन्यायाधीश राणाको ‘अनियमितता’मा सहयोग हुने गरी काम गरेको कार्कीको बुझाइ थियो। सर्वोच्चको नयाँ भवन बनाउन भएको ठेक्कामा राणाले अनियमितता गरेको आरोप लाग्ने गरेको छ। त्यसमा कुँवर पनि सहयोगी भएको कार्कीको बुझाइ छ।

यो पनि पढ्नुहोस्

सर्वोच्चभित्र ‘आफ्नै’ले पनि किन छाडे प्रधानन्यायाधीश जबराको साथ? बुधबार, कात्तिक १०, २०७८

कार्कीले उक्त काण्डको छानबिन गर्न कुँवरले सहयोग नगरेको बताउने गरेका थिए। पछिल्लो पटक कुँवरलाई न्याय परिषद्को सिफारिसमा उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको थियो। तर, कुँवरले परम्परा बमोजिम आफूलाई मुख्य न्यायाधीश बनाउनु पर्ने भन्दै न्यायाधीश भएर नजाने उनले लिखित जानकारी नै गराएका थिए।

त्यसपछि, कामु प्रधानन्यायाधीश कार्कीले उनलाई बिदा बस्न निर्देशन दिएपछि गएको असार १७ देखि उनी तीन महिने बिदामा छन्। जसकारण अदालती प्रशासनको नेतृत्व पनि कामुको हातमा पुगेको छ। सर्वोच्चका रजिष्ट्रारमध्ये वरिष्ठको रुपमा उनलाई जिम्मेवारी दिइएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शर्माको कीर्तिमान : ६ महिना कामु
विगतमा पनि प्रधानन्यायाधीश र मुख्य रजिष्ट्रारहरू कामु भएर नेतृत्व गरेको उदाहरण छन्। यसअघि दुई पटकसम्म सर्वोच्चको नेतृत्व लामो समय कामु प्रधानन्यायाधीशको हातमा पुगेको थियो। 

कामु प्रधानन्यायाधीश भएर दामोदर शर्माले करिब ६ महिना सर्वोच्चको नेतृत्व गरेका थिए। तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई निर्वाचन गराउन मन्त्रीपरिषद् अध्यक्ष बनाइएपछि वरिष्ठ न्यायाधीशको रुपमा शर्मा २०६९ चैत १ गतेदेखि २०७० फागुन २८ सम्म कामु प्रधानन्यायाधीश भएका थिए। रेग्मीले निर्वाचनको जिम्मेवारी सकेर राजीनामा दिएपछि २०७० चैत २८ बाट मात्र शर्मा प्रधानन्यायाधीश हुन पाए।

त्यस्तै, दीपकराज जोशीले पनि लामो समयसम्म कामुको जिम्मेवारी पाए। प्रधानन्यायाधीश रहेका गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र विवादमा परेर बीचमै राजिनामा दिएपछि उनलाई त्यो अवसर प्राप्त भएको थियो। 

पराजुलीले २०७४ चैत १ गते राजीनामा दिएका थिए। प्रधानन्यायाधीश हुने रोलक्रममा रहेका जोशीले उक्त जिम्मेवारी पाएनन्। उनीले २०७४ चैतदेखि  २०७५ साउनसम्म कामु भए। पछि संसदीय समितिले उनको नाम नै अस्वीकार गरेपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएका थिए।

सबैभन्दा कम समय कामुको जिम्मेवारी भने गोपाल पराजुलीले पाएका छन्। उनी पाँच दिन कामु प्रधानन्यायाधीश भएका थिए। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध २०७४ वैशाख १७ गते महाभियोग दर्ता भएपछि उनी निलम्बनमा परेकी थिइन्। पराजुली वैशाख १७  देखि २२ गतेसम्म कामु भएका थिए।  

कुँवर चौँथो मुख्य रजिष्ट्रार
सर्वोच्च अदालको मुख्य रजिष्ट्रार राख्ने व्यवस्था २०७४ साउन २२ गतेदेखि शुरु भएको थियो। पहिलो मुख्य रजिष्ट्रार नहकुल सुवेदी हुन्। सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस भएपछि उक्त पद रिक्त भएको थियो।

उनीपछि राजनप्रसाद भट्टराई २०७४ माघ १८ गते मुख्य रजिष्ट्रार भए। उनी भने उच्च अदालतको न्यायाधीशमा मात्र सिफारिस भएका थिए। भट्टराईपछि २०७५ माघ १५ गते नृपध्वज निरौला मुख्य रजिष्ट्रार भए। उनी पनि उच्च अदालतको मुख्य न्यायाधीश भएर गए। त्यसपछि २०७७ फागुनमा कुँवर मुख्य रजिष्ट्रार भएका हुन्।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्