• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चभित्र ‘आफ्नै’ले पनि किन छाडे प्रधानन्यायाधीश जबराको साथ? 

64x64
बीपी अनमोल बुधबार, कात्तिक १०, २०७८  १३:४९
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यतिखेर सर्वोच्च अदालतभित्रै एक्लिएका छन्। जबराविरुद्ध सर्वोच्चका अधिकांश न्यायाधीशहरुले मोर्चाबन्दी गरेका छन्। त्यसैगरी, पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, नेपाल बार एसोसिएसन, सर्वोच्च बारलगायत पनि जबराको विरुद्ध उभिएका छन्। उनीहरुले प्रधानन्यायाधीशले अबिलम्ब राजीनामा दिनुपर्ने माग गरेका छन्।  

सर्वोच्च अदालतकै सहकर्मी न्यायाधीशहरुले त प्रधानन्यायाधीशलाई बहिष्कार गर्ने अभ्यास नै अघि बढाएका छन्। प्रधानन्यायाधीश जबराले तोकेका इजलासमा नबस्ने मात्र होइन, जबराविरुद्ध समानान्तर बैठक आयोजना गर्ने काम उनीहरुले निरन्तर गरिरहेका छन्। रोचक त के भने चौतर्फी घेराबन्दीबीच एक्लिएका प्रधानन्यायाधीश जबरालाई हिजो उनका ‘आफ्ना’ भनेर चिनिएका निकट न्यायाधीशहरुले नै साथ छाडेका छन्। 

विगतमा आफूनिकट भनेर चिनिएका न्यायाधीशहरुसँग मिलेर कैयौं विवादास्पद फैसला सुनाएका जबराले यो संकटको घडीमा उनीहरुको पनि साथ पाएका छैनन्। 

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी प्रधानन्यायाधीश जबरानिकट भनेर आम रुपमै चिनिएका न्यायाधीश हुन्। उनी पनि प्रधानन्यायाधीश केन्द्रमा रहेको सर्वोच्च अदालतको विवादबाट बाहिर देखिएका छन्। दशैं बिदा मनाउन घर गएका उनी अहिलेसम्म अदालतमा हाजिर भएका छैनन्। अर्का न्यायाधीश सपना प्रधान मल्ल बिदा लिएर खप्तड घुम्न गएकी छन्। न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिकामा छन्। अन्य न्यायाधीश भने सर्वोच्चमै बहुमत न्यायाधीशको समूहमा सामेल भएर प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका छन्। 

थुप्रै विवादित फैसलासँगै संवैधानिक परिषद्‌मा हिस्सा मागेको भनेर प्रधानन्यायाधीश आरोपित र विवादित बन्दा मौन रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु पछिल्लो पटक प्रधानन्यायाधीशले सत्तामा समेत भागबन्डा लिएको विषय बाहिरिएपछि उनीविरुद्ध उभिएका हुन्। 

यो अभियानमा प्रधानन्यायाधीशको समूहमा रहेका भनिएका न्यायाधीशको पनि ऐक्यबद्धता छ। उनीनिकट भनिएका मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल पनि अहिले प्रधानन्यायाधीशको विरुद्धमा उभिएका छन्। 

अधिवक्ता टीकाराम भट्टराई प्रधानन्यायाधीशको साथमा रहेका भनिएका न्यायाधीशहरु पनि समग्र परिस्थिति बुझेर पछि हटेको हुन सक्ने बताउँछन्। उनले चारवटा कारण प्रस्तुत गर्दै अहिले प्रधानन्यायाधीशको समूहमा रहेकाले साथ छोडेको हुन सक्ने बताए।  

‘प्रधानन्याायधीशसँग बसेर गरिएका फैसलाका सम्बन्धमा बाहिर आएका टिप्पणीहरुपछि उहाँहरु अब गलत गरिएको छ कि भन्ने निष्कर्षमा पुग्नुभयो होला,’ उनले भने, ‘अब आउने नेतृत्वसँग सहकार्य नगर्दा उहाँहरुको आफ्नो बाँकी सेवाअवधिमा पनि प्रतिकूल असर पर्ने महशुस पनि गर्नुभयो होला।’

Ncell 2
Ncell 2
nimb
nimb

अधिवक्ता भट्टराईले विगतमा जेसुकै कमीकमजोरी गरे पनि भविष्यमा सुधार्छु भन्ने लागेर पनि गलतलाई साथ नदिएको हुनसक्ने आकलन गरे।  

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भने प्रधानन्यायाधीशलाई साथ दिने भनिएकाहरु कुनै विचार र दर्शनबाट प्रेरित नभइ स्वार्थका लागि बनेको समूह भएको टिप्पणी गर्छन्।

‘हिजो साथ दिएका भनिएकाहरु विचार र दर्शनले उहाँसँग रहेका होइनन्, प्रधानन्यायाधीशले नै गुट तयार गर्नुभएको थियो। त्यसमार्फत् सेटिङको मुद्दा या आफ्नो बेन्चमा या त उनीहरुको बेन्चमा राखेर परिणाम निकाल्नु हुन्थ्यो,’ उनले भने, ‘अहिले त जहाज डुब्न लागेको देखेर उनीहरुले साथ छोडेका हुन्। सैद्धान्तिक कारण त केही थिएन, त्यो अवसरवाद थियो र उनीहरुले त्यो गरे।’ 

प्रधानन्यायाधीश जबरा आफैं आफ्नो प्रतिरक्षा गर्न नसक्ने स्थितिमा पुगिसकेपछि अरुले प्रतिरक्षा गर्न सक्ने अवस्था नरहने उनी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘प्रधानन्यायाधीश नै नरहने अवस्था आइसकेपछि उहाँलाई साथ दिएर फाइदा हुने त देखिन्न,’ उनी भन्छन्, ‘त्यसैले पनि साथ नदिएको अवस्था हो। सबैले आफ्नो संरक्षण खोज्ने न हुन्।’ उनले प्रधानन्यायाधीशले गैरन्यायिक आचरण प्रस्तुत गरेको र संविधान, कानुनको पनि हेक्का नराखेको भन्दै राजीनामा मात्रै विकल्प भएको बताए। 

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल पनि अहिलेको अवस्थामा प्रधानन्यायाधीशलाई साथ दिएर सम्भव हुने नदेखेपछि आफ्नै भनिएका न्यायाधीशहरुले साथ छाडेको बताउँछन्। 

आइतबारदेखि इजलास नै बहिष्कार गरेर सर्वोच्चका लगभग सबै न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा मागिसकेका छन्। विवाद उत्कर्षमा पुगेर चौतर्फी रुपमा राजीनामाको माग उठे पनि प्रधानन्यायाधीश भने आफ्नो अडान भन्दा बाहिर गएका छैनन्। बुधबार पनि जबराले ११ वटा इजलास तोके। उनले आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास तोके। उनले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोके। त्यस्तै, आफ्नो एकल इजलास पनि तोके। अन्य न्यायाधीशहरुका लागि नौ वटा इजलासमा पेसी तोके। 

न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई,  बमकुमार श्रेष्ठ र कुमार चुडाल, टंकबहादुर मोक्तान र कुमार रेग्मी, प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलास प्रधानन्यायाधीशले तोके। 

अरु न्यायाधीशले इजलास बहिष्कार गरेपनि प्रधानन्यायाधीश राणाले भने आफ्नो बेन्चमा सुनुवाइ गरेका छन्। पाँच मुद्दाको सुनुवाइ गरेका उनले दुई मुद्दामा कारण देखाऊ आदेश जारी गरे। एउटालाई तामेलीमा पठाउने, एउटाको निवेदन फिर्ता हुने एक मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश गरे। 

सर्वोच्चका १५ न्यायाधीशहरु प्रधानन्याधीश जबराको राजीनामाको पक्षमा छन्। जबरा सर्वोच्चमा एक्लो भएपनि उनले आफूले राजीनामा नदिने बताएका छन्। मंगलबार आफूलाई सामूहिक रुपमा भेट्न पुगेका न्यायाधीशहरुलाई पदबाट राजीनामा नदिने र महाअभियोग लगाए सामाना गर्ने जवाफ उनले दिएका थिए।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्