• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चभित्र ‘आफ्नै’ले पनि किन छाडे प्रधानन्यायाधीश जबराको साथ? 

64x64
बीपी अनमोल बुधबार, कात्तिक १०, २०७८  १३:४९
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यतिखेर सर्वोच्च अदालतभित्रै एक्लिएका छन्। जबराविरुद्ध सर्वोच्चका अधिकांश न्यायाधीशहरुले मोर्चाबन्दी गरेका छन्। त्यसैगरी, पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, नेपाल बार एसोसिएसन, सर्वोच्च बारलगायत पनि जबराको विरुद्ध उभिएका छन्। उनीहरुले प्रधानन्यायाधीशले अबिलम्ब राजीनामा दिनुपर्ने माग गरेका छन्।  

सर्वोच्च अदालतकै सहकर्मी न्यायाधीशहरुले त प्रधानन्यायाधीशलाई बहिष्कार गर्ने अभ्यास नै अघि बढाएका छन्। प्रधानन्यायाधीश जबराले तोकेका इजलासमा नबस्ने मात्र होइन, जबराविरुद्ध समानान्तर बैठक आयोजना गर्ने काम उनीहरुले निरन्तर गरिरहेका छन्। रोचक त के भने चौतर्फी घेराबन्दीबीच एक्लिएका प्रधानन्यायाधीश जबरालाई हिजो उनका ‘आफ्ना’ भनेर चिनिएका निकट न्यायाधीशहरुले नै साथ छाडेका छन्। 

विगतमा आफूनिकट भनेर चिनिएका न्यायाधीशहरुसँग मिलेर कैयौं विवादास्पद फैसला सुनाएका जबराले यो संकटको घडीमा उनीहरुको पनि साथ पाएका छैनन्। 

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी प्रधानन्यायाधीश जबरानिकट भनेर आम रुपमै चिनिएका न्यायाधीश हुन्। उनी पनि प्रधानन्यायाधीश केन्द्रमा रहेको सर्वोच्च अदालतको विवादबाट बाहिर देखिएका छन्। दशैं बिदा मनाउन घर गएका उनी अहिलेसम्म अदालतमा हाजिर भएका छैनन्। अर्का न्यायाधीश सपना प्रधान मल्ल बिदा लिएर खप्तड घुम्न गएकी छन्। न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिकामा छन्। अन्य न्यायाधीश भने सर्वोच्चमै बहुमत न्यायाधीशको समूहमा सामेल भएर प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका छन्। 

थुप्रै विवादित फैसलासँगै संवैधानिक परिषद्‌मा हिस्सा मागेको भनेर प्रधानन्यायाधीश आरोपित र विवादित बन्दा मौन रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु पछिल्लो पटक प्रधानन्यायाधीशले सत्तामा समेत भागबन्डा लिएको विषय बाहिरिएपछि उनीविरुद्ध उभिएका हुन्। 

यो अभियानमा प्रधानन्यायाधीशको समूहमा रहेका भनिएका न्यायाधीशको पनि ऐक्यबद्धता छ। उनीनिकट भनिएका मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल पनि अहिले प्रधानन्यायाधीशको विरुद्धमा उभिएका छन्। 

अधिवक्ता टीकाराम भट्टराई प्रधानन्यायाधीशको साथमा रहेका भनिएका न्यायाधीशहरु पनि समग्र परिस्थिति बुझेर पछि हटेको हुन सक्ने बताउँछन्। उनले चारवटा कारण प्रस्तुत गर्दै अहिले प्रधानन्यायाधीशको समूहमा रहेकाले साथ छोडेको हुन सक्ने बताए।  

‘प्रधानन्याायधीशसँग बसेर गरिएका फैसलाका सम्बन्धमा बाहिर आएका टिप्पणीहरुपछि उहाँहरु अब गलत गरिएको छ कि भन्ने निष्कर्षमा पुग्नुभयो होला,’ उनले भने, ‘अब आउने नेतृत्वसँग सहकार्य नगर्दा उहाँहरुको आफ्नो बाँकी सेवाअवधिमा पनि प्रतिकूल असर पर्ने महशुस पनि गर्नुभयो होला।’

Ncell 2
Ncell 2

अधिवक्ता भट्टराईले विगतमा जेसुकै कमीकमजोरी गरे पनि भविष्यमा सुधार्छु भन्ने लागेर पनि गलतलाई साथ नदिएको हुनसक्ने आकलन गरे।  

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भने प्रधानन्यायाधीशलाई साथ दिने भनिएकाहरु कुनै विचार र दर्शनबाट प्रेरित नभइ स्वार्थका लागि बनेको समूह भएको टिप्पणी गर्छन्।

‘हिजो साथ दिएका भनिएकाहरु विचार र दर्शनले उहाँसँग रहेका होइनन्, प्रधानन्यायाधीशले नै गुट तयार गर्नुभएको थियो। त्यसमार्फत् सेटिङको मुद्दा या आफ्नो बेन्चमा या त उनीहरुको बेन्चमा राखेर परिणाम निकाल्नु हुन्थ्यो,’ उनले भने, ‘अहिले त जहाज डुब्न लागेको देखेर उनीहरुले साथ छोडेका हुन्। सैद्धान्तिक कारण त केही थिएन, त्यो अवसरवाद थियो र उनीहरुले त्यो गरे।’ 

प्रधानन्यायाधीश जबरा आफैं आफ्नो प्रतिरक्षा गर्न नसक्ने स्थितिमा पुगिसकेपछि अरुले प्रतिरक्षा गर्न सक्ने अवस्था नरहने उनी बताउँछन्।

‘प्रधानन्यायाधीश नै नरहने अवस्था आइसकेपछि उहाँलाई साथ दिएर फाइदा हुने त देखिन्न,’ उनी भन्छन्, ‘त्यसैले पनि साथ नदिएको अवस्था हो। सबैले आफ्नो संरक्षण खोज्ने न हुन्।’ उनले प्रधानन्यायाधीशले गैरन्यायिक आचरण प्रस्तुत गरेको र संविधान, कानुनको पनि हेक्का नराखेको भन्दै राजीनामा मात्रै विकल्प भएको बताए। 

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल पनि अहिलेको अवस्थामा प्रधानन्यायाधीशलाई साथ दिएर सम्भव हुने नदेखेपछि आफ्नै भनिएका न्यायाधीशहरुले साथ छाडेको बताउँछन्। 

आइतबारदेखि इजलास नै बहिष्कार गरेर सर्वोच्चका लगभग सबै न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा मागिसकेका छन्। विवाद उत्कर्षमा पुगेर चौतर्फी रुपमा राजीनामाको माग उठे पनि प्रधानन्यायाधीश भने आफ्नो अडान भन्दा बाहिर गएका छैनन्। बुधबार पनि जबराले ११ वटा इजलास तोके। उनले आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास तोके। उनले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोके। त्यस्तै, आफ्नो एकल इजलास पनि तोके। अन्य न्यायाधीशहरुका लागि नौ वटा इजलासमा पेसी तोके। 

न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई,  बमकुमार श्रेष्ठ र कुमार चुडाल, टंकबहादुर मोक्तान र कुमार रेग्मी, प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलास प्रधानन्यायाधीशले तोके। 

अरु न्यायाधीशले इजलास बहिष्कार गरेपनि प्रधानन्यायाधीश राणाले भने आफ्नो बेन्चमा सुनुवाइ गरेका छन्। पाँच मुद्दाको सुनुवाइ गरेका उनले दुई मुद्दामा कारण देखाऊ आदेश जारी गरे। एउटालाई तामेलीमा पठाउने, एउटाको निवेदन फिर्ता हुने एक मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश गरे। 

सर्वोच्चका १५ न्यायाधीशहरु प्रधानन्याधीश जबराको राजीनामाको पक्षमा छन्। जबरा सर्वोच्चमा एक्लो भएपनि उनले आफूले राजीनामा नदिने बताएका छन्। मंगलबार आफूलाई सामूहिक रुपमा भेट्न पुगेका न्यायाधीशहरुलाई पदबाट राजीनामा नदिने र महाअभियोग लगाए सामाना गर्ने जवाफ उनले दिएका थिए।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो । सोमबार, पुस १४, २०८२
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकीकरण भइनसक्दै रञ्जिता नेकपामा समाहित भएकी हुन् । सोमबार, पुस १४, २०८२
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी... सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन सोमबार, पुस १४, २०८२
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण सोमबार, पुस १४, २०८२
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्