नयाँ दिल्ली–भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा उक्त दुर्घटना भएको हो। उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ।
केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझ बढ्न सक्ने कुल्लुका डेपुटी कमिस्नर आशुतोष गर्गले बताए। बसभित्र थप घाइतेहरू फेला पर्न सक्ने आशामा उद्धार कार्य जारी राखिएको पनि बताइएको छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै दुर्घटना ‘हृदयविदारक’ भएको भन्दै ट्वीट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।