काठमाडौं- सनराइज बैंकले नविनतम् बैंकिङ सुविधा भित्र्याउने क्रममा कस्टमाइज्ड फोटो कार्डको सुरुवात गरेको छ।
बैंकले नेपालका बहुप्रतिष्ठित व्यक्तित्व, २०१० का सिएनएन हिरो अवार्ड तथा २०१७ को पद्म श्री पुरस्कार प्राप्त समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टमाइज्ड कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा कस्टमाइज्ड फोटो सहितको कार्ड कोइरालालाई हस्तान्तरण गरेका हुन्।
आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरूको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरू तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रविधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।