फाइल तस्बिर
काठमाडौं- नेपालस्थित भारतीय दूतावासमा गोली चलेको छ।
लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। मृत्यु हुनेमा एक सुरक्षाकर्मी रहेको प्रहरी भनाइ छ।
घटनाबारे थप अनुसन्धानका लागि अपराध महाशाखाबाट एसपी दिनेश आचार्य नेतृत्वको टोली घटनास्थल जाँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।