काठमाडौं- ज्योति विकास बैंकले 'ज्योति रिकरिङ डिपोजिट' निक्षेप योजना संचालनमा ल्याएको छ।
ग्राहकहरूलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ खाता संचालनमा ल्याइएको हो।
उक्त योजनाअन्तर्गत ग्राहकहरूले आवश्यकता अनुसार १ वर्षदेखि १० वर्ष सम्मका लागि मासिक रूपमा रकम जम्मा गर्न सक्नेछन्। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रुपमा न्यूनतम पाँच सय रुपैयाँको दरले क्रमिक रूपमा रकम जम्मा गर्दै जान सकिने बैंकले जनाएको छ।
नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटेन्स प्राप्त गर्ने ग्राहक, नव-विवाहित दम्पति, युवा-युवतीहरू, अभिभावक वर्गहरूले भविष्यमा एकमुस्ट रकम प्राप्त गर्नको लागि मासिक रूपमा चाहेको निश्चित रकम नियमित रुपमा जम्मा गर्न सक्छन्।
सो रहम पछि तोकिएको समयमा एकमुस्ट भुक्तानी लिन सक्नेछन्। साथै, आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ। ज्योति विकास बैंकले हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।