• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘विश्वराज आईजीका योग्य हुन्, सरकारका लागि उपयुक्त होइनन्’

64x64
नारायण अधिकारी आइतबार, असार १९, २०७९  २०:२४
1140x725

काठमाडौं-प्रहरी महानिरीक्षक (आईजी) बढुवा विवाद मुद्दाको आइतबारको सुनवाइ सकिएको छ। आईजी धीरजप्रताप सिंहतर्फका १९ अधिवक्ताले बहस टुंग्याएका छन्। 

अर्को पेसी असार २६ गतेका लागि तोकिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले असार २३ गतेभित्र रिट निवेदकलाई बहस नोट पेश गर्ने समय दिएको छ। त्यसपछि २६ गते पेसी राखेर अन्तिम सुनुवाइ सक्दै फैसला सुनाउनेतर्फ अदालत अघि बढ्नेछ। 

आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा सरकारका तर्फबाट र आईजी सिंहको तर्फबाट बहस सकिएको छ। आइतबार आईजी सिंहका तर्फबाट १९ जनाले बहस गरेका थिए।  

अधिकांश अधिवक्ताले आईजी बनाउने अधिकार प्रहरी नियमावलीले नै सरकारलाई दिएकाले रिट खारेज हुनुपर्ने तर्क राखेका थिए। उनीहरुले एआईजी भएका सबै व्यक्ति आईजीको प्रतिस्पर्धी भएको र उपयुक्त तथा योग्य भए पनि नियमावलीले उल्लेख गरेजस्तो सरकारलाई उपयुक्त लागेको व्यक्ति भने धिरज नै भएकाले आईजी बनाइएको जिकिर गरे। 

वरिष्ठ अधिवक्ता भीमार्जुन आर्चायले भने, ‘उपयुक्त र राइट फरक कुरा हुन्। विश्वराज राइट होला। आईजीको उपयुक्त होला। तर सरकारको लागि धिरज उपयुक्त हुन्। असल भन्नु र उपयुक्त भन्नु फरक कुरा हुन्। उपयुक्त भनेको फिट हो। सरकारले आफूअनकूल फिट धिरजलाई ठान्यो श्रीमान् ।’

प्रहरी नियमावलीको दफा ४१ मा उल्लेख भएको उपयुक्त शब्द आईजी बढुवाका लागि नभई सरकारका लागि उपयुक्त भनेको जिकिर पनि वरिष्ठ अधिवक्ता आचार्यले गरे। 

उता शक्ति पृथकीकरणको सिद्धान्तअनुसार पनि यो विषयमा अदालत छिर्न नहुने भएको उल्लेख गर्दै आईजी नियुक्तको अधिकार सरकारलाई रहेको र सरकारको निर्णय सही भएकाले रिट खारेज हुनुपर्ने तर्क सिंहतर्फका अधिवक्ताले गरे।

सम्पूर्ण शान्ति सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने तर सरकारले उपयुक्त देखेको व्यक्ति आईजी बनाउन नपाउँदा शान्ति सुरक्षा कसरी कायम गर्ने भन्ने प्रश्न पनि पेचिलो बन्ने सिंहतर्फका अधिवक्ताको भनाइ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

आइतबार सुरुवाती बहस गरेका वरिष्ठ अधिवक्ता भीमार्जुन आर्चायले ज्येष्ठता एउटामात्रै आधार भएको र त्यसैका आधारमा आईजी बन्नुपर्ने भन्ने तर्कमा तुक नरहेको जिकिर गरे। ‘पहिलो नम्बरमा आउनेबित्तिकै, ज्येष्ठतामा अघि हुनेबित्तिकै म नै आईजी हुनुपर्छ भन्ने छैन’ वरिष्ठ अधिवक्ता आचार्यले भने। 

नवराज सिलवालको केशमै ज्येष्ठतामा मात्रै उल्लेख नभएको र त्यसमा कार्र्यसम्पादनलगायतका विषयहरु समेत उल्लेख भएको भन्दै आचार्यले भने, ‘कुनै अमुक न्यायाधीशले बोल्दा त्यसको शक्ति बढी हुने, कुनैले बोल्दा कम हुने भन्ने हो भने बोल्नु छैन। नत्र हो भने सिलवालको केशकै नजिरलाई हेर्दा रिट निवेदक आईजीका लागि योग्य देखिदैनन् श्रीमान् ।’

१६ महिना सिनियर हुँदासमेत पोखरेललाई आईजी नबनाउँदा संगठनको चेन अफ कमाण्ड बिग्रने भन्ने रिट निवेदकको विषयलाई समेत वरिष्ठ अधिवक्ता आचार्यले काटे। प्रहरीको चेन अफ कमाण्ड कार्यकारीसम्म जाने कुरा आचार्यले उठाएका थिए। ‘विभिन्न नजिरले प्रहरीको चेन अफ कमाण्ड एक्जुकेटिभ बडीसम्म जाने उल्लेख गरेको छ। जसका कारण एक्जुकेटिभ बडीको आदेश नमान्दा एआईजी पोखरेलको चेन अफ कमाण्डचाहिँ कहाँ गयो ?’ आचार्यले प्रश्न गरे।

अर्कोतर्फ आईजी पदमा अंकको आधारमा मात्रै बढुवा हुने तर्क पनि बलियो नरहेको उनको दाबी थियो। ‘अंकका आधारमात्रै बढुवा गर्ने हो भने बढुवा समिति किन चाहियो ?’ वरिष्ठ अधिवक्ता आचार्यको प्रतिप्रश्न थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आचार्यपछि बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले एआईजी पोखरेलको तर्फबाट दिएको रिटमाथि नै प्रश्न उठाए। ‘सरकारले गरेको निर्णय खारेज गरी आफूलाई आईजी बनाउनुपर्ने परमादेश माग गर्नुभएको रिटमा देखियो। तर प्रस्ताव खारेजीको माग नै छैन। आईजी बनाउनका लागि गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने हो। सरकारको निर्णय खारेज भए पनि प्रस्ताव भने जिवित रहन्छ। प्रस्ताव जिवित हुनु भनेकै अहिलेकै व्यक्ति धीरज सिंह आईजी हुनु हो। त्यसकारण उहाँको रिट औचित्य छैन खारेज हुनुपर्छ’ पन्तले भने।  

अर्कोतर्फ पोखरेलको तर्फबाट वैध अपेक्षा माग गरिएको भन्दै त्यसको कडा प्रतिवाद पन्तले गरे। उहाँ आफैं डीआईजी हुँदा तीन÷तीन वटा ब्याचलाई मिचेर बढुवा भएको मान्छेले वैध अपेक्षाको कुरा नैतिक रुपमा गर्न नमिल्ने उनको भनाइ थियो। 

उता वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधान अनुसार नै प्रहरी अलग्गै फोर्स भएको उल्लेख गर्दै बहसको सुरुवात गरेका थिए। संविधानको धारा २६८ मा प्रहरीबारे उल्लेख गरिएको छ। प्रहरीको रेखदेख, नियन्त्रण र निर्देशन नेपाल सरकारले गर्ने भन्ने उल्लेख भएको तर्क भट्टराईले पेश गरे । 

संविधानको धारा २६८ ले उठाएका विषयलाई प्रहरी ऐन २०१२ को दफा ४ ले प्रष्ट पारेको र उक्त विषयलाई नियमावलीले पनि प्रष्ट पारेको उनको भनाइ थियो। संविधान नै प्रहरीको रेखदेख, नियन्त्रण र निर्देशन नेपाल सरकारले गर्ने भनिएकाले सोही अनुसार प्रहरी नियमावलीले आईजी बढुवाको अधिकार नेपाल सरकारलाई दिएको र सरकारले उपयुक्त लागेको व्यक्तिलाई आईजी बनाएकाले रिट खारेज हुनुपर्ने तर्क भट्टराईले पेश गरे। 

भट्टराईपछि बहसमा उत्रिएका रामनारायण बिडारीले सरकारको अधिकारलाई न्यायपालिकाले हस्तक्षेप गर्न नहुने बताए । उनले भने, ‘मेरिटभित्र पसेर रिटले हस्तक्षेप गर्न मिल्छ ?’

‘सरकारले विभिन्न कारणले मैले फलानोलाई उपयुक्त देखँे भन्दै प्रचार गर्दै, हल्ला गर्दै आईजी नियुक्त गर्ने होइन’ बिडारीले भने, ‘सुरुमा रिट निवेदक कनिष्ठ हुनुहुन्थ्यो। २०७५ देखि २०७७ उहाँका लागि उर्वर भयो। कसरी भयो त्यो पारदर्शी हुनुनपर्ने, तर आईजीको मात्रै पारदर्शी हुनुपर्ने ?’

१९ अधिवक्ताको निस्कर्ष : कसलाई आईजी बनाउने भन्ने अधिकार सरकारको हो 
विपक्षी तथा हालका आईजी धीरजप्रताप सिंहका तर्फबाट बहस गरेका १९ अधिवक्ताको विभिन्न तर्क, वितर्क गरे पनि उनीहरुको एउटै निस्कर्ष थियो–आईजी बनाउने अधिकार सरकारको हो।

संविधान, प्रहरी ऐन, नियमावलीले नै प्रष्ट रुपमा आईजी बनाउने अधिकार सरकारलाई दिएकाले सरकारले उपयुक्त देखेको व्यक्तिलाई आईजी बनाएको निस्कर्ष उनीहरुले निकालेका थिए। प्रहरी नियमावलीमै विभिन्न ६ वटा क्राइटेरिया तोकिएको र तिनबाट सरकारलाई उपयुक्त लागेको उम्मेदवार आईजी बन्ने भएकाले एआईजी पोखरेलले दायर गरेको रिट खारेज हुनुपर्ने उनीहरुको जिकिर गरे। 

एआईजीमध्येबाट तथा एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट सरकारलाई उपयुक्त लागेको उम्मेदवारलाई आईजीमा बढुवा गर्नसक्ने नियमावलीमै उल्लेख भएकाले ज्येष्ठता, वरिष्ठतामात्रै योग्यता नभएको उनीहरुको जिकिर थियो। 

वरिष्ठ अधिवक्ता भण्डारी भने, ‘सरकारले उपयुक्त देखेको व्यक्तिलाई आईजी बनाउन नसक्ने हो भने शान्तिसुरक्षा कसरी कायम गर्ने ?’

९६ वर्षीय अधिवक्ताले भने : एउटै कुरा दोहोर्‍याएर टाइमपास भयो श्रीमान्
प्रधानन्यायाधीश कार्कीको सामुन्ने ढाका टोपी लगाएर बसेका ९६ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी विपक्षी पक्षका अधिवक्ताले बोलिरहेका बेला पटक–पटक बेन्चबाट उठ्दै प्रधानन्यायाधीशलाई समयका विषयमा सम्झाई राखेका थिए। 

तीन पटकसम्म उठेर उनले टाइमपास गर्नका लागि अनावश्यक एउटै कुरा दोहोर्‍याएर बहस लम्ब्याउन खोजिएको भन्दै आपत्ति जनाए। भण्डारीले भने, ‘श्रीमान् एउटै कुरा दोहोर्‍याएर समयको बर्बाद गर्दै बहस लम्ब्याउन खोजिएको छ । तुरुन्त रोकियोस् ।’

भण्डारीले यसो भनेपछि प्रधानन्यायाधीश कार्कीले जवाफ नै दिनु परेको थियो। प्रधानन्यायाधीश कार्कीले भने, ‘मैले उहाँहरुलाई पहिला नै सम्झाएको हो। जतिभन्दा पनि लागेन । अब टुंगिन्छ ।’ 

बहस भइरहेकै बेला तीन पटकसम्म बरिष्ठ अधिवक्ता भण्डारीले उठेर आपत्ति जनाएपछि विपक्षी धीरजप्रताप सिंह पक्षका अधिवक्ताहरुले बहस छोट्याएका थिए। 

नाम भट्याउँदै बहसको अन्त्य
सुरुवाती बहस गरेका वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुशील पन्तले नै करिब तीन घण्टाको समय लिएपछि बहस लम्बिनेतर्फ गएको थियो। खाजा ‘ब्रेक’ साढे १ बजेअघिसम्म पनि यी दुई अधिवक्ताको बहस सकिएको थिएन। त्यसपछि प्रधानन्यायाधीश कार्कीले बहस छोट्याएर टुंग्याउन पन्तलाई आग्रह गरेका थिए। 

खाजा ‘ब्रेक’ पछि पनि करिब आधा घण्टा बहस गरेपछि बल्ल पन्तले आफ्नो बहस टुंग्याएका थिए। पन्तपछि टीकाराम भट्टराईले पनि लामै बहस गरे। भट्टराईपछि रामनारायण बिडारीले बहस गरेका थिए। 

त्यसपछि भने बहस छोटिनेतर्फ गएको थियो। प्रधान्यायाधीश कार्कीले नै आज बहस टुंग्याउनु पर्ने र त्यसका लागि ५ बजेसम्म समय दिने आदेश गरेपछि भने अन्तिमतिरका अधिवक्ता भने नाम भट्याउँदै बहस टुंग्याउनेतर्फ गएका थिए। 

अधिवक्ता विपिन सुवेदी, निरन्जन उपाध्याय, श्यामप्रसाद खरेल, गोपालकृष्ण घिमिरे असान्तन मल्ल, सुवास आचार्य, बलराम सुवेदी, निश्चल खरेल, मनोहरलाल श्रेष्ठ र गोकुल भण्डारीले भने आफ्नो नाम भट्याउँदै बहसको अन्त्य गरेका थिए । उनीहरुको एउटै भनाइ थियो, ‘अघिका विद्वान मित्रहरुले सबैकुरा भनिसक्ने भएको मैले दोहोर्‍याउन चाहिनँ ।’ यतिभन्दै कुनै एक बुँदा पढेर उनीहरुले बहस अन्त्य गरेका थिए। 

आफू सिनियर र कार्यसम्पादनमा समेत अघि रहँदा पनि सरकारले सिंहलाई आईजी बनाउने निर्णय खारेज गरेर आफूलाई अन्याय गरेको भन्दै आईजी बनाउन परमादेश माग गर्दै पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए। 

वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश नदिई मिति सार्न नमिल्ने गरी अन्तिम फैसला सुनाउन भन्दै जेठ १७ गतेलाई पेसी तोकेको थियो। तर यसअघि नै सिंहसहित रवीन्द्र धानुकलाई एआईजी बनाउने निर्णयमा चित्त नबुझेपछि तत्कालीन डीआईजीहरु घनश्याम अर्याल, इश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले रिट हालेका थिए। उक्त रिटको मुद्दासमेत आईजी बढुवा विवादको मुद्दामा लगाउमा राखिएको र तर यसका बारेमा विपक्षीको नाममा म्याद तामेल नभएको भन्दै जेठ १७ गतेको पेसी स्थगित भएको थियो। 

जेठ १७ गते विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासले इजलासले जेठ ३० मा मुद्दाको अन्तिम सुनुवाइ गर्न पेसी तोकेका थिए। जेठ ३० गतेदेखि कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासबाट उक्त मुद्दाको सुनुवाइ भइरहेको छ।  ३० गते डीआईजी बढुवाको विषयमा बहस सकेर पोखरेलतर्फका कानून व्यवसायीले बहस सुरु गरेका थिए। त्यसपछि अर्को पेसी असार ५ गतेलाई तोकिएको थियो। असार ५ गते पनि पोखरेल पक्षका कानून व्यवसायीले बहस गरेका थिए। 

असार ५ गतेपछि असार १३ गते पेशी तोकेर बहस भएको थियो । असार १३ गते सरकारी वकिलका तर्फबाट सह–न्यायाधीवक्ता शोभकान्त भण्डारी, सह–न्यायाधीवक्ता खेमराज ज्ञवाली महान्यायाधीवक्ता खम्मबहादुर खाती, नायब महान्यायाधीवक्ता कृष्णजीवी घिमिरेले बहस गरेका थिए । त्यसपछि आइतबार (असार १९ गते) लाई पेशी तोकिएको थियो। 

मुद्दा लड्दालड्दै अवकाशमा जाने अवस्था
यो बीचमा उमेर हदका कारण पोखरेल मुद्दा लड्दालड्दै अवकाशमा जाने अवस्थामा पुगेका छन्। आगामी साउन २० गते उनी उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। यदि उनको पक्षमा फैसला नआएको अवस्थामा उनी साउन २० मा अवकाशमा जानेछन्।

उता एक महिना बिदा सकिएपछि पनि उनी भने हाजिर गर्न गएका छैनन्। उनले बिदा माग गर्दै पठाएको पत्र आईजी सिंहले अस्वीकृत गर्दै हाजिर हुन आउन आदेश दिएका छन् । तर पोखरेल भने हाजिर हुन गएका छैनन्। त्यसपछि गयल हाजिर भएको भन्ने पत्र बुझ्न पठाउँदासमेत उनले पत्र नबुझेर चेन अफ कमाण्ड नै नमानेको भन्दै आइतबारको बहसमा अधिवक्ताले समेत प्रश्न उठाएका थिए।

यता पोखरेल भने समयावधि धेरै नरहेकाले हाजिर नहुने बरु मुद्दाको छिनोफानो आफ्नो कार्यकाल बाँकी रहँदै भएको अवस्थामा राजीनामा दिने मुडमा छन्।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  २०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्