काठमाडौं– चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तिमा २७ जना बेपत्ता भएका छन्।
सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ सहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ।
प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले सो घटना बारे पुष्टि गरेको छ। बेपत्ताहरुको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू समेत परिचालन गरिएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार राति १२ बजेतिर तीन जनाको उद्धार गरिएको थियो भने २७ जना पानीमा डुबेर बेपत्ता छन्।
विज्ञप्ति अनुसार खोजी तथा उद्धार कार्य जारी रहेको छ। केही चालक दलले जहाजलाई त्यागेका थिए, उनीहरूलाई सुरक्षामा तान्न प्रयासमा बाधा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।