काठमाडौं– भारतपुरको मणिपुरस्थित नोने जिल्लामा पहिरोमा परेर मृत्यु हुनेको संख्या २९ पुगेको छ।
पछिल्लोपटक ८ जनाको शव भेटिएसँगै मृतकको संख्या २९ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ३४ जना अझै बेपत्ता छन्। खराब मौसमका कारण खोज तथा उद्धारमा समस्या भइरहेको बताइएको छ।
पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए।
फेला परेका ८ शवमध्ये पाँच जना प्रादेशिक सेनाका जवान रहेका बताइएको छ। एक जना कन्स्ट्रक्सन कम्पनीका कर्मचारी हुन्। अन्य दुई जनाको पहिचान हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।