बेरुत–लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन्। रूस–यूक्रेन युद्धको प्रभावका कारण लेबनानमा सबै सामानमा अत्यधिक मूल्यवृद्धि भएको उनले बताए।
उनले लेबनानको संकटले देशभरका लाखौँ नागरिकलाई प्रभावित पारिरहेको बताए।
लेबनानका लागि संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा मानवीय संयोजक नजात रोचडीले पत्रकार सम्मेलनमा भने, ‘युक्रेनी संकटको प्रभावबाट लेबनानमा सामाजिक–आर्थिक मन्दी थप चर्किएको छ। यो मुख्यतः पाउरोटीको मूल्यमा भएको तीव्र वृद्धि र खाद्य सुरक्षालाई खतरामा पार्ने खालको रहेको देखिएको छ।'
‘हाम्रो हालैको मूल्याङ्कनअनुसार २२ लाख मानिसहरूलाई वर्षको अन्तसम्म खाद्य तथा अन्य आधारभूत आवश्यकताहरूको पहुँच सुरक्षित गर्न तत्काल सहयोगको आवश्यकता पर्दछ, जुन गत वर्षको तुलनामा ४६ प्रतिशत वृद्धि हो,' उनले भने।
लेबनानको श्रम शक्तिको झण्डै एक तिहाइ बेरोजगार रहेको उनले बताए। रासस
सन् २०१८–२०१९ मा यहाँ रहेको बेरोजगारी दर ११।४ प्रतिशतबाट बढेर सन् २०२२ मा २९।६ प्रतिशत पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।