काठमाडौं–चर्चित युट्युबर ‘टेक्नोब्लेड’ को क्यान्सरका कारण निधन भएको छ। उनका पिताले टेक्नोब्लेड च्यानलमा एउटा भावुक भिडियो पोस्ट गर्दै २३ वर्षीय आफ्ना छोराको मृत्युको पुष्टि गरेका हुन्।
‘सो लङ नर्ड्स’ शीर्षकमा राखिएको भिडियोमा उनले आफ्ना छोरालाई ‘अदभूत’ बच्चा भनेका छन्।
वास्तविक नाम एलेक्स भएका टेक्नोब्लेडमा २०२१ को अगष्टमा क्यान्सर पहिचान भएको थियो। उनका पिताले फेअरवेल भिडियोमा ‘यो टेक्नोब्लेड हो, यदि तपाईंहरु हेर्दै हुनुहुन्छ भने म मरिसकेको छु’ भनेका छन्।
उनको युट्युब च्यानलका ११.२ मिलियन सब्स्क्राइबर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।