काठमाडौं– अफ्रिकाका १२ देशहरूमा हालसम्म मंकिपक्स संक्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी)ले शुक्रबार जनाएको छ।
अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ विरामीमध्ये १०४ जनामा मंकिपक्स संक्रमण पुष्टि भएको र एक हजार ६७८ शंकास्पद संक्रमित रहेका छन्।
बेनिन, मोरक्को र दक्षिण अफ्रिका यस संक्रमणको महामारी नदेखिएका मुलुक हुन् भने अन्य सदस्य राष्ट्रमा संक्रमितको संख्या बढेको पाइएको छ।
‘दुःखको कुरा, मंकिपक्सको प्रकोपले गर्दा यस महादेशमा ७३ जनाको मृत्यु भएको छ र मृत्यु दर ४.१ प्रतिशत पुगेको छ,’ सीडीसीका कार्यकारी निर्देशकले बताए,।
पहिले कुनै घटना नभएका देशहरू इथियोपिया, गिनी, लाइबेरिया, मोजाम्बिक, सिएरा लियोन, सुडान र युगान्डामा पनि संक्रमित भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।