काठमाडौं– संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलककार्यहरु गर्दै आइरहेको गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ।
बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा बिहीबार प्रहरी वृत जनसेवालाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको हो। बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न यसप्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने बैंकको विश्वास छ।
बैंकले हाल १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।