काठमाडौं– भारतमा फर्मुला ई–रेस आयोजना हुने भएको छ। अर्को वर्ष फेब्रुअरी ११ मा हैदरावादमा ई–रेस आयोजना गर्न लागिएको हो।
बुद्ध इन्टरनेशनल सर्किटमा अक्टोबर २०१३ मा भएको फर्मुला वन इन्डियन ग्राण्ड प्रिक्सपछि हैदरावादमा आयोजना हुने यो पहिलो ठूलो अन्तर्राष्ट्रिय रेस हुनेछ।
भारतबाहेक ब्राजीलले पनि २५ मार्चमा पहिलो पटक फर्मुला ई–रेस आयोजना गर्ने छ। फर्मुला ई र मोटरस्पोर्टको गभर्निङ निकाय फियाले आगामी नवौं सिजन (२०२२–२३) को लागि खेल तालिका सार्वजनिक गरिसकेको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दुई प्रमुख मोटरस्पोर्ट स्थलहरूले पहिलो पटक फर्मुला ई–रेसलाई स्वागत गर्नेछन्। च्याम्पियनसिपको चौथो राउण्ड फेब्रुअरी ११ मा भारतको हैदरावादमा हुनेछ भने ब्राजीलका फ्यानहरूले मार्च २५ मा सातौं राउण्ड साओ पाउलो हेर्न पाउनेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।