काठमाडौं– अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंमा बृहत् शैक्षिक मेला सुरु भएको छ। बिहीबारदेखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहने आयोजकले जनाएकाे छ।
आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने अन्योल मेटाउन दुई सयभन्दा बढी कोर्सहरूका बारेमा जानकारी प्रदान गरिनेछ। नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको बताइएको छ।
शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ।
दुई दिनसम्म सञ्चालन हुने मेलामा तीन हजार विद्यार्थीहरूले अवलोकन गरी भारतमा नाम चलेका विश्व विद्यालयहरुबारे जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए।
भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी ४० वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्नेगरी शैक्षिक मेलाको आयोजना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।