• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

फिनल्याण्ड र स्वीडेनलाई नेटोको सदस्य मान्न किन तयार भए एर्दोआन, रुस अब के गर्ला?

64x64
नेपाल लाइभ बिहीबार, असार १६, २०७९  १७:४७
1140x725

काठमाडाैं-उत्तर अट्लान्टिक सन्धि संगठन अर्थात् नेटो दोस्रो विश्वयुद्धपछि सन् १९४९ मा गठन भएको थियो। यो संगठनको निर्माण गर्नेमा अमेरिका, क्यानडासहित अन्य पश्चिमी देशहरु थिए। यी देशहरुले तत्कालीन सोभियत युनियनबाट सुरक्षाका लागि नेटाे गठन गरेका थिए। 

त्यतिबेला विश्व दुई ध्रुवीय थियो। एक महाशक्ति अमेरिका थियो भने अर्को सोभियत युनियन। सन् १९९१ मा सोभियत युनियन विघटन भयो र अहिले उसको विरासत रुसले धान्दैछ। 

रुस नेटोसँग आक्रोशित हुन्छ। रुसको भनाइ छ कि नेटो 'डिफेन्सिभ' हैन 'अफेन्सिभ' संगठन हो। अर्थात् रुस नेटाेलाई आफ्नो रक्षा गर्नेवाला हैन कि अरुमाथि आक्रमण गर्ने संगठनको रुपमा लिन्छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सत्तारोहणको सुरुवाती वर्षहरुमा पुटिन रुसलाई पनि नेटोमा सामेल गराउन चाहन्थे। त्यतिबेला उनी नेटाेकाे विराेधमा थिएनन्।

जर्ज रोबर्टसन बेलायतका पूर्व रक्षामन्त्री हुन्, उनी १९९९ देखि २००३ सम्म नेटाेका महासचिव थिए। उनले गत नोभेम्बरमा भनेका थिए - पुटिन आफ्नो सत्तारोहणको सुरुवातमा रुसलाई नेटोमा सामेल गराउन चाहन्थे। तर, उनी नेटोमा सहभागी हुने सामान्य प्रक्रिया भने अपनाउन चाहँदैन थिए। 

उनले भनेका थिए, 'पुटिन समृद्ध,स्थिर र संपन्न पश्चिमको हिस्सा बन्न चाहन्थे।' 

पुटिन सन् २००० मा रुसको राष्ट्रपति बनेका थिए। जर्ज रोबर्टसनले पुटिनसँग सुरुवाती वार्ता स्मरण गर्दै भनेका छन्, 'पुटिनले भनेका थिए-तपाईंहरु हामीलाई नेटोमा सामेल हुनका लागि कहिले आमन्त्रित गर्नुहुन्छ? मैले जवाफमा भनेँ- हामी नेटोमा सामेल हुनका लागि कसैलाई बोलाउँदैनौ। जो यसमा सामेल हुन चाहन्छन्, उनीहरुलै आवेदन दिन्छन्। यसको जवाफमा पुटिनको भनाइ थियो– म ती देशहरुमध्ये होइन कि यसमा सामेल हुनका लागि आवेदन दिउँ।'

अहिले तिनै पुटिन नेटोलाई लिएर यति आक्रामक छन् कि युक्रेनमाथि हमला गर्नुको पछाडि पनि नेटोसँग युक्रेनको बढ्दो घनिष्ठतालाई ठूलो कारणको रुपमा लिइन्छ। पुटिनलाई लाग्छ कि युक्रेन नेटोमा सामेल भयो भने अमेरिकी सैनिकको उपस्थिति उसको भूमि नजिकै हुनेछ र यो रुसको सुरक्षाका लागि खतरा हुनेछ। 

युक्रेनलाई नेटोमा सामेल गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय भइसकेको छैन। तर, फिनल्याण्ड र स्वीडेन औपचारिक रुपमै यसमा सामेल हुन गइरहेका छन्। पहिले फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सहभागी गराउन टर्की तयार थिएन। तर, अहिले टर्की पनि तयार भइसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसको अर्थ यो भयो कि उत्तरी देशहरु अब नेटोमा सामेल हुन गइरहेका छन्। यस्तो अवस्था युक्रेनमाथि रुसी हमलाको ४ महिनाभित्रै हुँदैछ। नेटोमा सामेल हुने फिनल्याण्ड र स्विडेनको निर्णयलाई 'ऐतिहासिक' मानिँदैछ। किनकि यसअघिसम्म यी देश गुटनिरपेक्ष नीतिमा चल्दै आएका थिए। 

स्वीडेन र फिनल्याण्ड नेटोमा जाने विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार चेतावनी दिएका छन्। उनले भनेका छन् यदि फिनल्याण्ड र स्वीडेनमा कुनै सैनिक इलाका बनाइयो भने कडा जवाफ मिल्नेछ।  तुर्कमेनिस्तानमा  एक पत्रकार सम्मेलनका  क्रममा पुटिनले भने, 'युक्रेनको जस्तो हामीलाई स्वीडेन र फिनल्याण्डसँग समस्या छैन। दुवै देशसँग सीमाको विषयलाई लिएर कुनै विवाद छैन। यदि दुवै देश नेटोमा सामेल हुन चाहन्छन् भने मलाई कुनै समस्या छैन। तर कुनै पनि सैनिक इलाका बन्यो भने रुसले कडा जवाफ दिनेछ।'

स्वीडेन र फिनल्याण्ड नेटोमा तबमात्रै सामेल हुन सक्थे जब कुनै पनि सदस्य देश उनीहरुको सहभागितालाई लिएर विरोध गर्दैन थिए। स्वीडेन र फिनल्याण्डलाई लिएर टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको भनाइ हुन्थ्यो कि दुवै देश उनको सरकारविरुद्ध आतंकवादलाई बढावा दिइरहेका छन् र यसलाई रोक्नुपर्छ। 

फिनल्याण्ड र स्वीडेनले पनि हतियारलाई लिएर टर्कीमाथि प्रतिबन्ध लगाएका थिए। टर्कीको आरोप रहन्थ्यो कि दुवै देश कुर्द अलगाववादीलाई समर्थन गर्छन्। टर्कीले कुर्द अलगाववादीलाई आतंकवादीको रुपमा लिन्छ। 

Xtrem

Xtrem

अब दुवै देश टर्कीमाथिको प्रतिबन्ध हटाउन तयार भएका छन्। साथै, कुर्द लडाकूको प्रत्यार्पण पनि हुन सक्नेछ।

टर्कीमा १ करोड ४० लाखको हाराहारीमा कुर्दहरु छन्। यिनीहरुलाई विश्वको सबैभन्दा यस्तो ठूलो जातीय समूह मानिन्छ, जसको आफ्नो कुनै देश छैन।  टर्की, इराक, ईरान र सिरियामा रहेको यिनीहरुको संख्यालाई जोड्दा यिनीहरुको कूल संख्या ३ करोड हुन जान्छ। टर्कीको आधुनिक इतिहासमा कुर्दहरुले धेरै उत्पीडन झेलेका छन्। टर्कीमा सबभन्दा ठूलो कुर्दिश अलगाववादी समूह पीकेके या कुर्दिश वर्कर्स पार्टी छन्। सन् १९८० को दशकदेखि नै यिनीहरु टर्की सरकारसँग लडिरहेका छन्। 

दोस्रो विश्वयुद्ध पछि नेटोको गठन युरोपका १० देशसँग मिलेर अमेरिका र क्यानडाले गरेका थिए। नेटोको गठन कम्युनिस्ट शासनवाला सोभियत युनियनबाट बँच्नका लागि गरिएको थियो। सन् १३९९ मा स्थापित अटोमन साम्राज्यको पहिलो विश्वयुद्धसँगै सन् १९२३ मा अन्त भयो र आधुनिक टर्की बन्यो। 

आधुनिक टर्कीको भौगोलिक स्थिति रणनीतिक रूपमा धेरै महत्त्वपूर्ण छ। टर्की युरोप, एसिया, मध्य-पूर्व र केस्पियन सागरसँग सिधै जोडिएको छ। यसका अतिरिक्त उत्तरमा कालो सागर (ब्ल्याक सि) र दक्षिणमा भूमध्यसागरको बीचमा टर्कीलाई स्यान्डबिच पनि भनिन्छ। टर्कीको जो यो भौगोलिक स्थिति छ, यसबाट उ आफूलाई सशक्त र मुस्किल दुईटै स्थितिमा पाउँछ। 

टर्की आफ्नो सुरक्षालाई लिएर सुरूदेखि नै अधीर रहेको देखिन्छ। सन् १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि हमलाको प्रयास गर्दा त्यसलाई रोक्नका लागि टर्कीले अमेरिका र संयुक्त राष्ट्रको समर्थनमा सैनिक पठाएको थियो। टर्कीको उक्त भूमिकाको पश्चिमा देशहरुले प्रशंसा गरेका थिए। 

सन् १९५२ मा टर्की नेटाेमा सामेल भयो। टर्कीलाई लागेको थियो कि उसलाई पश्चिमा देशको जस्तै पहिचान मिल्नेछ र सुरक्षा पनि सुनिश्चित हुनेछ। तर, टर्की अहिले नेटोका नीतिहरुको विरोध गरिरहेको छ। टर्की रुससँग नजिक छ र पुटिन सरकारको विरुद्ध अमेरिकाको अगुवाइवाला प्रतिबन्धमा सामेल भइरहेको छैन। सन् २००३ मा रेसेप तय्यीप एर्दोआन टर्कीका प्रधानमन्त्री बनेका थिए र त्यति बेलादेखि सत्तामा छन्। एर्दोआनको शासनकालमा टर्कीले नेटोलाई लिएर आफ्ना नीतिहरु बदलेको छ। 

पछिल्लो समय स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउने विषयलाई लिएर पनि टर्कीको भूमिका अलग रह्यो। युक्रेनमाथि रुसको हमलापछि उत्तरी देशहरु पनि डराइरहेको बताइन्छ। फिनल्याण्डको १ हजार २४८.४८ किलोमिटर सीमा रुससँग जोडिएको छ। स्वीडेन र फिनल्याण्डले दशकौं पहिले देखिको गुटनिरपेक्ष रहने नीति बदलेका छन् र  नाटोमा जाने निर्णय गरेका छन्। दुवै देश नेटोको ३१औं र ३२औं सदस्य हुनेछन्। 

टर्कीको बारेमा भन्ने गरिन्छ कि उ स्वीडेन र फिनल्याण्डको विरोध यसकारण गरिरहेको थियो कि अमेरिकाबाट केही मामिलामा छुट मिल्न सकोस्। अमेरिका टर्कीसँग कयौं मामिलामा निराश पनि छ। विशेष गरेर सिरिया, रुस, कुर्द र मानवाधिकारलाई लिएर। मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले टर्कीलाई यो मामिलामा कुनै पनि प्रकारको छुट दिनबाट इन्कार गरिएको जनाएकाे छ। 

वाशिङ्टनको थिंक ट्याङ्क सेन्टर फर स्ट्र्याटिजिक एण्ड इन्टरनेशनल स्टडिजमा टर्की प्रोजेक्टका निर्देशक बुलेन्ट अलीरिजाले लस एन्जलस टाइम्ससँग भनेका छन्, 'एर्दोआन बाइडेनसँग सम्बन्ध सुधार्न चाहन्थे। एर्दोआनको अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै राम्रो सम्बन्ध थियो। २०१९ मा एर्दोआनलाई व्हाइट हाउस (राष्ट्रपति कार्यालय) मा स्वागत गर्दै ट्रम्पले भनेका थिए उनी एर्दोआनका ठूला प्रशंसक हुन्। दोस्रोतर्फ बाइडेनले  एक-दुईपटक मात्रै एर्दोआनसँग फोनमा कुरा गरेका छन्।'

मध्य तथा पूर्वी युरोपमा रोमानिया, बुल्गेरिया, स्लोभाकिया, स्लोभेनिया, लातभिया, एस्टोनिया र लिथुआनिया पनि सन् २००४ मा नेटोमा शामिल भएका थिए।  क्रोएसिया र अल्बानिया पनि सन् २००१ मा सामेल भएका थिए। जर्जिया र युक्रेनलाई पनि २००८ मै सदस्या मिल्ने अवस्था थियो, तर दुवै देश अहिले पनि बाहिरै छन्।

-बीबीसीबाट 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्