काठमाडौं- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिँदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठूलै जवाफ चेतावनी दिएका छन्।
तुर्कमेनिस्तानमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले भने, 'हामीले स्पष्ट र सटीक रूपमा बुझ्नुपर्छ – जबकि पहिले यहाँ कुनै खतरा थिएन तर यदि यहाँ सैन्य दस्ता र सैन्य पूर्वाधार तैनाथ गरिएको अवस्थामा रह्यो भने हामीले संयमित रूपमा जवाफ दिनुपर्छ'। यसै बीच पुटिनले स्वीडेन र फिनल्याण्ड नाटोमा सामेल हुँदा पनि रुसलाई चिन्ता नहुने बताएका छन्।
स्वीडेन र फिनल्याण्ड औपचारिक रूपमा दशकौंदेखिको तटस्थताको अन्त्य गर्न र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटोमा सामेल हुन तयार छन्। जुन गठबन्धनको लागि ऐतिहासिक सफलता हो।
सीएनएनका अनुसार टर्कीले मंगलबार आफ्नो जारी विरोधबाट पछि हट्दा नाटो ब्लकमा दुई राष्ट्रको प्रवेशको अवरोध भने हटेको छ। त्यो सफलता म्याड्रिडमा नाटो शिखर सम्मेलनको क्रममा आएको हो जुन पहिले नै इतिहासको सबैभन्दा परिणामकारी बैठकहरू मध्ये एक भएको छ। टर्कीले आफ्नो विरोध हटाएपछि अमेरिकी राष्ट्रपति जो वाइडेनले बुधबार आफ्नो टर्की समकक्षी रिसेप तैयप एर्दोगानलाई भेटघाटको शुरुमै धन्यवाद दिएका थिए।
युक्रेनबाट अनाज निर्यात गर्ने विषयमा टर्कीले रुससँग छलफल गरिरहेको छ। एर्डोगानले कूटनीतिक माध्यमले युक्रेनबाट अन्न बाहिर निकाल्न मद्दत गर्नेछ भन्ने आशा राखेको पनि सीएनएनले उल्लेख गरेको छ।
यसैबीच, नाटो शिखर सम्मेलन मंगलबार म्याड्रिडमा शुरु भएको थियो। जसले पश्चिमी सैन्य गठबन्धनलाई मस्को विरुद्ध संयुक्त मोर्चा प्रदर्शन गर्न उद्दत गरेको छ।
युक्रेन द्वन्द्वको बीचमा गठबन्धनको एकताको परीक्षण गर्ने विवादको अन्त्य गर्दै फिनल्याण्ड र स्वीडेनको नाटोमा सामेल हुनको लागि टर्कीले भीटो हटाएपछि यो शिखर सम्मेलन आयोजना गरिएको हो।
यो सम्झौताले युरोपमा सुरक्षा गतिशीलतामा महत्त्वपूर्ण परिवर्तनको सङ्केत गरेको छ। योसँगै ना‘र्डिक देशहरूले सैन्य गठबन्धनमा प्रवेश गर्न आफ्नो दशकौं लामो तटस्थता त्यागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।