काठमाडौं- संयुक्त अरब इमिरेट (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल-नाहयानले विदेशीसँग विवाह गर्ने देशका महिलाका लागि महत्वपूर्ण घोषणा गरेका छन्।
युएईले शिक्षा र स्वास्थ्यका क्षेत्रमा युएई मूलका महिलाका बच्चालाई देशका अन्य नागरिक समान सुविधा दिने प्रस्ताव पारित गरेका छन्।
विदेशीसँग विवाह गर्नेमाथि युएईमा महिला र पुरुषबीचमा अलग-अलग अधिकारलाई लिएर लामो समयदेखि आलोचना भइरहेको थियो।
उपप्रधानमन्त्री र राष्ट्रपति मामलका मन्त्रीले अब यस प्रस्तावकफ नियम लागू गर्नका लागि दिशानिर्देश जारी गर्नेछन्।
युएईको सरकारी समाचार एजेन्सी डब्लूएएममा उपलब्ध जानकारीका अनुसार राष्ट्रपति अल-नाहयानले राष्ट्रपति मामलाको मन्त्रालयको सबै प्रावधान लागू गर्नका लागि जरूरी सहायता पेस गर्नेछन्।
युएईका राष्ट्रपतिको फैसला लामो समयदेखि महिला नागरिका परिवारको पनि समान अधिकार दिने प्रयासको रुपमा लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।