काठमाडौं- फिलिपिन्समा रोड्रिगो दुतेर्तेपछि फर्डिनाण्ड मार्कोस जूनियर नयाँ राष्ट्रपति बनेका छन्। मार्कोस जूनियरलाई बन्ग-बन्ग पनि भनिने गरिएको छ।
यस वर्ष मे महिनामा भएको राष्ट्रपति चुनावमा उनले ६० प्रतिशत भोट पाएका थिए। उनको जीतसँगै मार्कोस परिवार फिलिपिन्सको सत्तामा जोडदाररुपमा फिर्ता भएको छ। मार्कोस परिवार सन् १९८६को विद्रोह पछि सत्ताबाट बाहिर भएको थियो।
३६ वर्षपछि मार्कोस परिवार सत्तामा फर्किएको हो। मौजूदा राष्ट्रपति रोड्रिगो ड्यूटर्टकी छोरी सारा दुतेर्तेले पनि आज उप-राष्ट्रपतिको रुपमा सथप लिएकी छन्।
मार्कोस जूनियरले बिहीबार मनिलाको नेशनल म्यूजियममा शपथ लिनेछन्। शपथग्रहण समारोहमा देश-विदेशका कयौं हस्तीहरुलाई निमन्त्रणा गरिएको छ।
मार्कोसका बुवा फर्डिनाण्डले १९६५ देखि १९८६ सम्म फिलिपिन्सको सत्ता सम्हालेका थिए।
तर १९८६ मा मार्कोस परिवारका विरुद्ध लाखौं मानिस सडकमा आएका थिए। त्यसपछि बन्ग बन्गसहित पूरा मार्कोस परिवार देश छाडेर हवाई गएका थिए।
जतिबेला मार्कोसको उमेर २८ वर्षको थियो। त्यसपछि १९९१ मा मार्कोस जूनियर फिलिपिन्स फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।