काठमाडौं- बिना अनुमति हज गर्नेमाथि साउदी अरबले २ हजार ६६६ डलर (करिब ३ लाख ३६ हजार) नेपाली रुपैयाँ जरिवाना तिराउने भएको छ। यसबारे साउदी अरब सरकारले एक सूचना जारी गरेको छ।
साउदी अरबको जन सुरक्षा विभागका प्रवक्ता मोहम्मद अल-शुवाएरेखले जारी गरको सूचनामा यदी कोही व्यक्तिले बिना परमिट हज यात्रा गरेको समयमा पक्राउ परे उसमाथि १ लाख रियाल जरिवाना तिराइने छ।
हज यात्रा गर्ने इच्छा राख्नेले सम्बन्धित अधिकारीबाट परमिट लिन जरुरी छ।
मोहम्मद अल-शुवाएरेखले हजका विषयमा जारी गरिएको निर्देशनलाई कडाइसँग पालन गर्न भनेका छन्। यसका लागि सबै धार्मिक क्षेत्रमा ठूलो संख्यामा सुरक्षाबल तैनाथ गरिएको छ।
साउदी अरबले यस वर्ष विश्वभरबाट आउने १० लाख भनेदा धेरै हज यात्रीलाई अनुमति दिएको जनाएको छ।
विगत दुई वर्षमा कोरोना संक्रमणका कारण केवल साउदी अरबका नागरिकलाई मात्र हज यात्राको अनुमति दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।