काठमाडौं– साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्।
सेन्टर कोर्टमा बुधबार अस्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै शीर्ष वरीयताका सर्बियन जोकोभिचले तेस्रो चरणमा स्थान पक्का गरेका हुन्।
जोकोभिचले थानासीमाथि ६-१,६-४ र ६-२ को जित निकाले। अब जोकोभिचले तेस्रो चरणमा मिओमिरसँग खेल्ने छन्।
तेस्रो वरीयताका कास्पर रुड भने फ्रान्सका युगो हम्बर्टसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।