काठमाडौं– कोकाकोला नेपालले कागतीको रिफ्रेसिङ ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ। नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कम्पनीले नयाँ टेलिभिजन विज्ञापन पनि लन्च गरेको छ। जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, 'कोकाकोलामा हामी उपभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सधैं प्रयासरत छौं। स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कागतीको रिफ्रेसिङ स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताए।
नयाँ स्प्राइट उपभोक्ताहरूको मागअनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साइजमा बजारमा उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।