काठमाडौं- युनिग्लोब सेकेन्डरी स्कुल/कलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ। एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो।
प्रतियोगिता यही असार १६ गतेदेखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल/कलेजमा हुनेछ। फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरेको विदालयले जनाएको छ।
फुटसलको विजेता टोलीले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतिय हुनेले रु २० हजार रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै बास्केटबलतर्फ महिला र पुरुष दुवैतर्फबाट विजेताले २५ हजार, उपविजेताले १५ हजार र तृतिय हुनेले १० हजार रुपैयाँ पाउने छन्।
फुटसलतर्फ ६४ वटा टिम र बास्केटबल पुरुषतर्फ ३२ वटा टिम र बास्केटबल महिलातर्फ १६ वटा टिम सहभागी हुने छन्।
कमलादीस्थित युनिग्लोब कलेजमा आज पत्रकार सम्मेलन गरी सम्पुर्ण टिमहरुलाई ओरियन्टेसन गरी कार्यक्रमको बारेमा जानकारी दिईएको थियो।
उक्त खेलमा यस वर्ष एसईई दिएर बसेका विद्यार्थीहरुमात्र सहभागि हुन सक्नेछन् भने सहभागिताको लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।