काठमाडौं- विम्बल्डन ओपन २०२२ मा बेलायती टेनिस खेलाडी जोडी बुराघ पहिलो राउण्डमा नै हार बेहोरेकी थिइन्। तर, उनले एक खेलमा सबैको मन जितिन्।
अहिले उनी चर्चाको शिखरमा छिन्। जोडीले विम्बल्डन ओपनको पहिलो राउण्डमा लेसियाको सामना गरेकी थिइन्।
यो खेलको क्रममा एक बल ब्वाई झण्डै बेहोस भए। यो देखेर जोडीले आफ्नो खेल रोकिन् र ती बल ब्वाई नजिक पुगिन्।
उनले क्यान्डी र एनर्जी जेल पनि दिइन्। त्यसपछि ती बल ब्वाईलाई कोर्टबाट बाहिर निकालियो। तर, यो दृश्यले जोडीले यो खेलमा हार बेहोरे पनि सबैको मन जितिन्।
खेल पछि जोडीले भनिन्, ‘उनी बेहोस हुन थालेको महसुस गरे। उनी वास्तवमै राम्ररी बोल्न सकिरहेका थिएनन्, हडबड गरिरहेको देखेको थिएँ। मैले उसलाई चिनी दिने प्रयास गरेँ। उसलाई गेटरोड र जेल दिएँ। पछि दर्शकहरूबाट पर्सी पिग्स मिठाईको व्यवस्था गरे। त्यो खाएपछि उसले राम्रो महसुस गर्न थाल्यो।’
जोडी यो खेलमा २–६, ३–६ को अन्तरले पराजित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।