काठमाडौं- स्वीस धावक एलेक्स विल्सनलाई चार वर्षको प्रतिबन्ध लगाइएको छ। स्विट्जरल्यान्डको एन्टी डोपिङ ट्रिब्युनलले उनले जानाजानी एनाबोलिक स्टेरोइड प्रयोग गरेको फैसला सुनाउँदै प्रतिबन्ध लगाएको हो।
३१ वर्षीय एलेक्समाथिको यो प्रतिबन्ध अप्रिल २०२५ सम्म लागू रहनेछ। उनले यो प्रतिबन्धविरुद्ध अपील गर्न सक्नेछन्।
यो मुद्दा गत वर्ष टोकियो ओलम्पिकको समयमा उठेको थियो। उनले पुरुषको १०० र २०० मिटरमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए। त्यही बेला आर्बिट्रेसन अदालतका न्यायाधीशहरूले विल्सनको अस्थायी निलम्बनलाई उल्टाएका थिए।
विल्सनले २०१८ युरोपियन च्याम्पियनसिपमा २०० मिटर दौडमा कास्य पदक जितेका थिए। २०२१ मा एक प्रतियोगिताको दौरान गरिएको परीक्षणमा एनाबोलिक स्टेरोइड प्रयोग गरेको पाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।