काठमाडौं- विश्व वरीयताको आठौं स्थानमा रहेका मेटेओ बेरेटिनीले वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनबाट नाम फिर्ता लिएका छन्।
बेरेटिनीले विम्बल्डनको पहिलो चरणमा मंगलबार क्रिस्टियन ग्यारिनविरुद्ध खेल्ने तालिका थियो। तर, मंगलबार उनले सामाजिक सञ्जालमार्फत् कोरोना संक्रमणका कारण आफूले विम्बल्डनबाट नाम फिर्ता लिएको जानकारी दिएका हुन्।
‘कोभिड १९ संक्रमणका कारण विम्बल्डनबाट नाम फिर्ता लिन बाध्य भएकोमा म निकै दुःखी छु। ममा यसका केही लक्षणहरु देखिएका छन्,’ बेरेटिनीले लेखेका छन्।
लगातार दोस्रो वर्ष क्विन्स क्लब च्याम्पियनसिपको उपाधि जितेका बेरेटिनीलाई विम्बल्डनको उपाधि दाबेदारका रुपमा हेरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।