काठमाडौं- स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुआत गरेका छन्।
मंगलबार राति सेन्टर कोर्टमा सम्पन्न खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई हराउँदै नाडालले दोस्रो चरणमा स्थान बनाए।
३५ वर्षीय नाडालले फ्रान्सिस्कोमाथि ६-४,६-३,३-६ र ६-४ को सेटमा जित निकाले।
विश्व वरीयताको दोस्रो स्थानमा रहेका नाडालको यो ३०६औं ग्रान्डस्लाम जित हो।
२२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डससँग खेल्नेछन्।
नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।