काठमाडौं– सिनेमा हलमा निकै राम्रो प्रदर्शन गरिरहेको फिल्म ‘कबड्डी–४’लाई भारतमा त्यहाँको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन ‘पीभीआर’ले रिलिज गर्ने भएको छ।
नेपालमा हाल प्रदर्शन भइरहेको फिल्म भारतमा शुक्रबार रिलिज हुन लागेको छ।
पीभीआरको वेबसाइटमा उल्लेख भएअनुसार फिल्म शुक्रबारबाट भारतमा प्रदर्शन हुनेछ। उक्त मल्टिप्लेक्स चेनअन्तर्गत रहेका आउटलेटहरुमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन हुने लागेको छ।
पीभीआरका मल्टिप्लेक्सहरु भारतका कम्तीमा ७० शहर र १७० भन्दा धेरै फिल्म स्क्रिनहरु रहेका छन्।
‘कबड्डी–४’लाई भने मुख्य गरि नेपालभाषी रहेका शहरहरुमा प्रदर्शन गर्न लागिएको छ। सिक्किममा त्यहाँको सरकारले यो फिल्ममाथि प्रतिबन्ध लगाएको छ। अन्य राज्यमा भने ‘कबड्डी–४’ शुक्रबारबाट प्रदर्शन हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।