• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
सन्दर्भ : धान दिवस

३७ वर्षअघि चामल निर्यात गरेको नेपालमा अहिले आयातको भर

64x64
धनु विश्वकर्मा बुधबार, असार १५, २०७९  ०९:४५
1140x725
तस्बिर : रासस

काठमाडौं— चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ५४ करोड ३८ लाख ३८ हजार ४३१ केजी धान आयात भएको छ। यसका लागि करिब २९ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबर खर्च भएको छ।

गत वर्ष पहिलो ११ महिनामा नै २८ अर्ब ६० करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो। त्यसैगरी १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको धान आयात भएको थियो। कृषिप्रधान देश भनिएको नेपालमा धानलगायत कृषिजन्य उत्पादनको आयात बढ्दो छ।

यही मेसोमा आज (बुधबार) १९औँ धान दिवस मनाइँदैछ। सन् २००४ (२०६१ साल) मा नेपाललगायत विश्वका ४३ देशले संयुक्त राष्ट्रसंघलाई त्यस साललाई ‘धान वर्ष’ घोषणा गर्न माग गरेका थिए। नेपालले त्यसअघिदेखि नै असार १५ गते धान दिवस मनाउन थालेको हो। यो दिन दही चिउरा खाने परम्परा पनि छ। 

तर, धान दिवस मनाए पनि उत्पादन नबढ्दा त्यसको औचित्य प्रमाणित हुन नसकेको कृषिविज्ञ डा.कृष्ण पौडेल बताउँछन्। खेत बाँझै हुँदा धान उत्पादन बढ्न नसकेको उनको भनाइ छ। 

उत्पादन नबढ्नुमा धानको बीउ र मल प्रमुख कारण रहेको उनी बताउँछन्। ‘वर्षा सुरु भयो, यो धान रोप्ने बेला हो। धान कृषकहरुलाई मल दिनुपर्छ भन्ने जानकारी सरकारलाई छैन र?’ डा. पौडेलले भने, ‘जब पर्‍यो राति... भनेजस्तै जब बर्खा लाग्छ, अनि मात्र मलको कुरा आउँछ।’ 

२५ वर्ष निर्यात, ३७ वर्षदेखि लगातार आयात
सन् १९६० को दशकमा नेपाल धान र चामलको निर्यात गर्थ्यो। त्यति बेला भारत भने धान र चामल नै आयात गर्थ्यो। सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिक टन धान र चामल आयात गर्दा नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको डा. राजेन्द्र उप्रेतीले जनाएका छन्। त्यस बेला उक्त परिमाणको चामलको मूल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो। 

यो क्रम सन् १९८५ सम्म घट्दो क्रममा चलेको थियो। सन् १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो। सन् १९९० को दशकमा आयात उकालो लाग्न थालेपछि नेपाल निर्यातकबाट धानचामल आयात गर्ने देशमा परिणत भएको डा. उप्रेतीले उल्लेख गरेका छन्।

हरेक वर्ष नेपालमा धान र चामलको आयात वृद्धि भइरहेको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७६/७७ मा गत आर्थिक वर्षभन्दा करिब १७ अर्ब रुपैयाँ कमको धान र चामल आयात भएको थियो। त्यस साल करिब साढे ३३ अर्ब रुपैयाँको आयात भएको देखिन्छ। त्यसैगरी २०७५/७६ सालमा करिब साढे ३२ अर्ब रुपैयाँको धान र चामल आयात भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पूर्व कृषि सचिव डा. सुरज पोखरेल धान चामल आयात बढ्नुमा सरकार मात्र नभइ किसान र उपभोक्ताको पनि कमजोरी देख्छन्। कृषक व्यावसायिक नभएका कारण उत्पादन घटेको उनी बताउँछन्। डा. पोखरेल भन्छन्, ‘आत्मनिर्भर हुने उत्पादन नभएपछि धानप्रतिको मोह भंग भएको छ।’

उत्पादित धानको समुचित वितरण पनि नभएको उनको भनाइ छ। ‘तराईका जिल्लामा उत्पादित धान भारत जान्छ। भारतबाट फेरि नेपाल आएर महंगोमा बिक्री हुन्छ।’ 

उत्पादन कम भए पनि यातायात सञ्जाल बढ्दा धान देशैभरि पुग्ने गरेको र उपभोग पनि बढेको डा. पोखरेल बताउँछन्। ‘हिजो कोदो खाने, मकै खाने, गहुँ खाने सबैले आज धान नखाइ नहुने भएको छ। उत्पादन बढेको छैन, तर उपभोग बढेको कारण आयात बढी भएको हो,’ उनले भने, ‘मल र बीउ उत्पादनसँग जोडिएको विषय हो।’

हामीले दैनिक खानपानमा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ। अहिले आयात गरिरहेको धान नेपालमा उत्पादन गर्न सकिने, तर त्यसका लागि खेतबारी बाँझो राख्न नहुने उनले बताए।

Xtrem

Xtrem

सरकारले सन् २०१३ देखि कृषिलाई प्राथमिकता दिँदै आएको छ। तर, नतिजा भने उल्टो भएको डा. पोखरेल बताउँछन्। अब खाद्य संकट हुनसक्ने भन्दै त्यसलाई टार्न सरकारले नै तयारी गर्नुपर्ने उनको भनाइ छ।

कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराज शर्मा तीन कारणले धानको आयात बढेको बताउँछन्। उनका अनुसार खाना खाने ‘खराब’ बानीका कारण पनि चामलको आयात बढेको हो। ‘नेपालमा मोटो चामलको उत्पादन हुन्छ। उपभोक्ताले मसिनो चामल खोज्छन्। जसकारण आयात बढ्छ।’ भारतबाट धेरै मसिनो चामलको आयात हुने उनी बताउँछन्।

त्यसैगरी मोटा चामल तराईका जिल्लाबाट भारत जाने, तर भन्सार विभागसँग भारतबाट धान चामल आयात गरेको अभिलेख मात्र हुने गर्छ। निर्यात भएको धानको अभिलेख नभएको उनको भनाइ छ।

तेस्रो चाहिँ, नेपालमा उत्पादकत्व घटेको उनले बताए। ‘जनसंख्या बढ्दो छ। समयमा कृषकले मल पाउँदैनन्। भूगोल अनुसारको बीउ उपलव्ध नगराएका कारण आयात दिन प्रतिदिन बढ्दो छ।’

आयात घटाउन नीति परिवर्तन आवश्यक : शर्मा
कृषि विभागका पूर्वमहानिर्देशक शर्मा धान आयातको समस्या समाधान गर्न सरकारले नीति परिवर्तन गर्नुपर्ने बताउँछन्। समयमा कृषकको खेतमा मल पुर्‍याउने राज्यको दायित्व भएको उनको भनाइ छ। कृषिलाई प्रविधिमैत्री बनाउनु पर्ने पनि उनले बताए। 

त्यस्तै कृषिविज्ञ कञ्चनराज पौडेले उत्पादनमा राज्यले नै जोड दिनुपर्ने बताउँछन्। बजारमा नयाँ प्रजातिका बीउबिजन आएको हुनाले सरकारले त्यसलाई कृषकसम्म पुर्‍याउनु पर्ने उनको भनाइ छ। नागरिकले खाने बानी पनि परिवर्तन गर्नुपर्ने उनले बताए। ‘भातको विकल्प अरु खाना प्रवर्द्धन गर्नुपर्छ। खानाका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने।

सरकारले २०७९/८० को बजेट भाषणमा कृषिलाई प्रथामिकतामा राखेको छ। कृषि उत्पादनका लागि उपलब्ध जमिन, हावापानी, बजारको सदुपयोग गर्दै कृषि उत्पादनमा तीव्रता ल्याउन किसानहरुका लागि कृषि सामग्री, प्रविधिको प्रयोग एवं ज्ञान, तालिम, ढुवानी एवं बजार व्यवस्थापनलगायतमा सहजीकरण गरिने बजेटमा उल्लेख छ। कृषि क्षेत्रमा लाग्नेलाई प्रेरित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई निरन्तरता दिइने पनि उल्लेख छ।

त्यस्तै, आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादन र आन्तरिक आयमुखी अर्थतन्त्रमा रुपान्तरण गर्न प्रभावकारी नीति लिइने बजेटको व्यवस्ठा छ। कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न हुने गरी वस्तु उत्पादन गर्ने उद्योगलाई स्वदेशी उत्पादन अभियानमा सहभागी गराइ प्रोत्साहन गरिने पनि उल्लेख छ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्